एनआरएनए कतार च्याप्टरको प्रथम उपाध्यक्षमा भण्डारीको जिम्मेवारी

दोहा, आफूलाई झण्डै एक दशक देखि सामाजिक अभियन्ताका रुपमा स्थापित गर्दै लगेका नारायण भण्डारीले पछिल्लो समयमा एक कुशल यूवा व्यवसायी एवं समाजसेवीका रुपमा आफ्नो छविलाई निपुणता दिदै आएका छन् । नामको पछाड़ी समाजसेवी राख्दा सामाजिक उत्तरदायित्वमा थप उर्जा मिल्नेमा विश्वास गर्ने भण्डारी मज़दूर हक़ हित र वार्षिक सयौंका रुपमा फर्किने रातों बाकसको न्यूनिकरणमा कृयाशिल भएर लागेका छन् ।
भण्डारीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ का लागि पञ्जिकृत सदस्यता लिने सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै गैर आवासीय नेपाली संघ र कतार च्याप्टरको प्रथम उपाध्यक्ष पदको जिम्मेवारी बहन गरि कतारमा कार्यरत गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्ने अवसर दिनका लागि सल्लाह, सुझाब र अमुल्य भोट दिएर सहयोग गर्न अपिल गर्दै फ़ेसबुक मार्फ़त विज्ञप्ति जारी गरेका छन् । भण्डारीको विज्ञप्ति जस्ताको त्यस्तै :
मेरो उम्मेदवारी प्रथम उपाध्यक्षमा
हार्दिक अपिल
“गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार” को प्रथम उपाध्यक्ष पदमा मेरो उम्मेदवारी।
– आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताज्युहरु,
– पंजिकृत सदस्य महानुभावहरु,
– कतारमा स्थापित सम्पुर्ण संघसस्था का प्रमुख तथा पदाधिकारीज्युहरु,
– कतारबासि नेपालि दाजु भाई तथा दिदी बहिनिहरु, – पत्रकार मित्रहरु
NRNA NCC कतारमा २०१३ देखि एउटा पार्षद सदस्य को रुपमा रहि NCC कतारले दिएको युवा सह संयोजक हुदै आफ्नो जिम्मेवार पुर्ण रुपमा निर्बाह गर्दै आएको कुरा यहाँहरुलाइ अबगत नै छ । बिगत मा पनि NCC कतार को कार्यसमिति पद मा रहि थप जिम्मेबारी निर्बाह गर्ने सोचका साथ अगडि आउने क्रममा आफु भन्दा अग्रज ब्यक्तित्वज्युहरुको आग्रह तथा उहाहरुको भनाइलाई मनन गरि उहाँहरुबाटै सिफारिश भई आउनुभएका उम्मेदवार ब्याक्तित्वज्युलाई सहजिकरण गराएको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहान्छु । बिगत १० बर्ष देखि दोहाका सामाजिक संस्थामा बसेर मैले काम गर्दै गर्दा संस्थामा मैले सिकेको र मैले महसुस गर्दै आएको श्रमीक हकहित र दिनहु चेतना को कमी ले जाने रातो बाक्सा को न्याय को लागि सबै को साझा संस्थामा रहेर कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-2021 कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु । र उक्त भुमिकामा आउन र रहनकालागी यहाँहरुको साथ सहयोग र आवश्यक आधारकोलागि तपाईहरु सम्पुर्णलाई सहयोगकालागी हार्दिक अपिल गर्दछु।
धन्यबाद सहित
नारायण भण्डारी “समाजसेवी”
प्रथम उपाध्यक्षको अाकाङक्षी
क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस