लमही जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

दाङ्ग– लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरणम शर्माले समाज रुपान्तरणका लागि जेसिजको भूमिका महत्वपूर्ण भएको बताएका छन् । शनिबार लमही जेसिजको लमहीमा पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले युवाहरुको क्षमता अभिवृद्धिले नै देश विकासमा सहयोग पुर्याउने भन्दै सरकारले पनि युवाहरुसंग सहकार्य गरेर समाज रुपान्तरणमा हातेमालो गर्न चाहेको बताए ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले समाज रुपान्तरण गर्न, कु-संस्कारको विरुद्ध युवाहरुले खबरदारी गर्न आवश्यक रहेको बताईन । शनिबार लमही जेसिजको २१औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा जेसिजले युवाहरुलाई कुशल मार्गदर्शन गर्न सफल भएकोमा जोड दिइएको छ । समाज रुपान्तरणको लागि जेसिजले युवालाई गोलबन्द गरेर अघि बढेको, सामाजिक विकासको काममा जेसिजको योग्दान अतुलनीय रहेकोमा वक्ताहरुले जोड दिएका छन् ।
सन् २०२० का अध्यक्ष सपना पाण्डे पण्डितको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठ, नेपाल जेसिज सन् २०२० का कार्यकारिणी अध्यक्ष लालमणी भण्डारी, पूर्व अध्यक्ष उमाकान्त चौधरी, त्रिभुवन नगर जेसिजका अध्यक्ष मुकेश्वर शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सन् २०२१ को अध्यक्षमा चौधरी
लमही जेसिज सन् २०२१ को अध्यक्षमा दुलमदास चौधरी र उनको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । सन् २०२० का अध्यक्ष सपना पाण्डे पण्डितले आफ्नो पद सन् २०२१ का अध्यक्ष चौधरीलाई हस्तान्तरण गरेकी हुन् । महासचिव सुन्दर केसी, स्वास्थ्य संयोजक कुशल चौधरी, तालिम संयोजक सहना श्रेष्ठ, शाखा सम्पादक गिरीराज चौधरी, खेलकुद संयोजक सविन केसी, यातायात संयोजक मधु थापा, प्रकरण निर्देशक नारायणी चौधरी, प्रवक्ता भिम भुसाल, जनसम्पर्क अधिकारी केशव दिपक शर्मा, मनोरञ्जन संयोजक सुनिल पुन, कोषाध्यक्ष निर्मला चौधरी, सचिव रामदिन चौधरी, उपाध्यक्ष कविराज पोख्रेल, उपाध्यक्ष आषिश न्यौपाने, उपाध्यक्ष टिका बहादुर केसी, उपाध्यक्ष मनोज केसी, कार्यकारी उपाध्यक्ष मुकेश चौधरी, कार्यकारी उपाध्यक्ष फणाधर शर्मा ढकालले सपथ ग्रहण गरेका थिए । त्यस्तै अध्यक्ष सल्लाहकार हरिबहादुर कुवर, बिनोदकुमार पाण्डे, बसन्तकुमार भण्डारीलाई चयन गरिएको छ ।
सामाजिक व्यक्तित्वहरु सम्मानित
लमही जेसिज सन् २०२० ले सामाजिक क्षेत्रमा योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । संचार माध्यमबाट लमही जेसिजलाई सहयोग गरेको भन्दै तुलसीपत्र राष्ट्रिय दैनिकका देउखुरी प्रतिनिधि पत्रकार प्रियास्मृती गजमेरलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै कोमानन्द पाण्डे, आदर्श नमुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, शसिधर ज्ञवाली, तारा बहादुर बुढा, गणेश भुजेल, नागरिक समाज दाङका उप—संयोजक निमबहादुर थापालाई सम्मान गरिएको छ ।
यस्तै सन् २०२० मा उत्कृष्ट जेसिजको रुपमा किसन भट्टराई, निर्मला चौधरी, केशव दिपक शर्मालाई सम्मान गरिएको छ । कार्यक्रम संयोजक केशव दिपक शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिरकण सन् २०२० का महासचिव जयप्रकाश पौडेल र सन् २०२१ का महासचिव सुन्दर केसीले गरेका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस