गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिमसार दिवसमा वृक्षारोपण र सरसफाई सिमसार दिवसमा वृक्षारोपण र सरसफाई प्रिया स्मृती गजमेर माघ २०, २०७७ गते २०:२६ मा प्रकाशित दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीले मंगलवार लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिमसार दिवसका अवशरमा बृक्षारोपण र सरसफाई गरि मनाएको छ ।‘पानी र सिमसार मानिसको जिउने आधार’ भन्ने मुख्य नारा सहित डिभिजन बन कार्यालय देउखुरीले कार्यक्रम मनाएको हो । कार्यालयका निमित्त प्रमुख प्रेमिलाल प्रसाद साहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासंघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो । सो अबसरमा बोलने बक्ताहरुले वन बन्यजन्तुको संरक्षण जलचर प्राणि सहित समग्र प्राणिको जिबन रक्षाको लागी सिमरास क्षेत्रको संरक्ष्ण र बिकाश हुन आबश्यक रहेको कुरामा जोडि दिएका छन् । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्षण र प्रवर्धन नहुँदा भएका सिमसारहरु मासिने खतरा रहेकोले त्यसको संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताए ।त्यसैगरि सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु संरक्षण र प्रवर्धनको लागी सिमसारको खाँचो हुने भएकोले त्यसको संरक्षण र बिकाशमा लाग्न जरुरी रहेको बताए । त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आबश्यक भएको बताईन।कार्यक्रममा जखेराताल धार्मिक तथा र्पयटकिय बिकास समितिका महासचिब लोकमणि बन्जाडे लगाएतले बोलेका थिए । कर्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा