गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ काँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण काँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण दीप संञ्चार फागुन ४, २०७७ गते १९:३५ मा प्रकाशित बैतडी – नेपाली काँग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।उक्त समूहले ढुङ्गा मुढा गर्दा नेता साउदको पेटमा ढुङ्गा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो । उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् ।उनीहरूको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए । नेता भट्टका अनुसार आक्रमणपछि काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो । जोशीसहित एक सय जना सोमबार काँग्रेस प्रवेश गरेका थिए ।मंगलवारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित सङ्घर्ष समितिका संयोजकसमेत हुन् । कार्यक्रमस्थल पंसेरा गाउँ जिल्ला अध्यक्ष पालको गाउँ हो ।यसअघिको आम निर्वाचनमा काँग्रेसले आयोजना गरेको कार्यक्रमहरूमा पनि नेकपाले पटक पटक आक्रमण गरेको थियो । अहिले उक्त क्षेत्र तनावग्रस्त छ ।स्रोत- हाम्रा कुरा डट कम क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा