रोका क्षेत्री दम्पतीद्वारा वैवाहिक बर्षगाठको उपलक्ष्यमा जेष्ठ नागरिक सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

दाङ — रोका क्षेत्री दम्पतीद्वारा दाङको जेष्ठ नागरिक सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन ।दम्पतीले आफ्नो बर्षगाठको दिन पारेर उक्त सहयोग गरेका हुन ।
वर्तमान समयमा नेपाली समाजका युवाहरू समाजमा रहेका दु:खी, शोषित पीडित, मनोरोगी र आफ्नै छोराछोरीहरुले घरबाट निकालिएका बयोबृद्व आमाबाबु प्रती गैर जिम्मेवार हुँदै गइरहेको बेला दाङका रोका क्षेत्रीले आफ्नो पाँचौं वैवाहिक बर्षगाठको उपलक्ष्यमा तिनै दु:खी, शोषित पीडित, मनोरोगी र आफ्नै छोराछोरीहरुले घरबाट निकालिएका बयोबृद्व आमाबाबहरुलाई खाद्यान्न सहयोग गरेर एउटा गुणिलो काम गरेका छन ।
विगत एक दशक देखी बैंकिङ क्षेत्रमा काम गर्दै आइरहेका तुल्सीपुर ६, दाङका स्थायी निवासी शिशिर रोका क्षेत्री र विद्या गुरुङ क्षेत्रीको जोडीले जेष्ठ नागरिक सरोकार केन्द्रलाई चामल, दाल, चिनी, बिस्कुट, फुरनदाना लगायत अन्य खाद्यान्न सामाग्रीहरु सहयोग गरेका हुन ।
नेपाली युवाहरु सामाजिक उत्तरदायी हुन छोडेर मेहनतले कमाएको रुपैयाँ जिवनका महत्त्वपूर्ण दिनहरु जस्तै जन्मदिन, विवाह, बर्तवन्ध, वैवाहिक बर्षगाठमा होटेल, रेस्टुरेन्ट, घुम्न गएर पैसा उडाउने गरेको गरेको पाईन्छ । यो प्रथालाई तोड्दै रोका क्षेत्री दम्पतीले यस्तो शुभकामना दिनमा समाजिक कार्यमा केहि खाद्यान्न सामाग्री सहयोग गरेका हुन ।
लामो समयदेखि दाङमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रले जिल्लामा रहेका दु:खी, शोषित पीडित, मनोरोगी र आफ्नै छोराछोरीहरुले घरबाट निकाला गरिएका बयोबृद्व आमाबाबुहरुलाई गाँस, बास, आवास र स्वास्थको हेरचाह गर्दै आएको छ ।
घोराही उपमहानगरपालिका १६, तेरौटे दाङमा रहेको द्रोपता कुमारी लोहनी लक्ष्मी नारायण वृद्धश्रामले करिब १५ जनाको संख्यामा रहेका दु:खी, शोषित पीडित, मनोरोगी र आफ्नै छोराछोरीहरुले घरबाट निकालिएका बयोबृद्व आमाबाबुहरुको सेवा गरिरहेको छ ।
समाजमा भएका समस्याहरु देख्दै, भोग्दै, सुन्दै आएका रोकाले जिवनका महत्त्वपूर्ण दिनहरूमा होटेल, बार डिस्कोहरुमा गएर पैसा उडाउनुको साटो समाजमा रहेका सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य, सेवा गरिरहेका सस्थालाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।
जेष्ठ नागरिक सरोकार केन्द्रलाई संचालन गर्न आर्थिक रूपमा केहि समस्या भैरहेकाले संस्थामा आएर सहयोगका लागि समेत आग्रह गरेका छन । तपाईंहरुको न्यानो सहयोगका लागी जेष्ठ नागरिक सरोकार केन्द्र सदा आभारी हुने उक्त केन्द्रका संचालक बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ८हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस