समय कति बलवान् अनि कति छिटो रकेट्को रफ्तारमा चल्दोरहेछ हगि ! अस्ति भर्खर यस धर्तीमा पाइलो टेकेको जस्तो लाग्ने मलाई, आज २३ औं बसन्त पार गरेको समेत पत्तो नै दिएन। कता कता आफुलाई मृत्युको नजिक नजिक पुगे जस्तो त, कता कता अझ धेरै जिम्मेवारी थपिएको जस्तो अनुभव भैरहेको छ। मलाई यो कुरा स्पष्ट रुपमा थाहा छ कि विगतको दिनहरुमा फर्किएर अब केही पनि काम छैन तर प्रत्येक वर्ष आउने यो जन्मोत्सव अर्थात जन्मदिन भन्ने कुराले प्रत्येक बर्ष आफैलाइ नै ढकढक्याउछ र फेरि त्यही बिगतका दिनहरुतर्फ डोर्याउदै मनमा प्रश्न उब्जाउछ ” मलाई जन्माइनु रहर थियो कि बाध्यता ? “
गहन तरिकाले सोच्न बाध्य बनाउछ कि आखिर को हु म ?, किन यस धर्तीमा पाइला टेके ?, के यस धर्तीमा मेरो आवश्यकता छ ? जस्ता अनेकौ कुराहरुले पटक पटक पिरोल्थ्यो र पिरोलिरहन्छ यो मनलाई !
फेरि गहन तरिकाले सोच्न बाध्य बनाउछ कि आखिर को हु म ?, किन यस धर्तीमा पाइला टेके ?, के यस धर्तीमा मेरो आवश्यकता छ ? जस्ता अनेकौ कुराहरुले पटक पटक पिरोल्थ्यो र पिरोलिरहन्छ यो मनलाई !
फेरि सोच्छु, मेरो जन्म हुँदा मेरो घर परीवार, आफन्त, छर-छिमेकीहरु खुशी हुँदै थिए कि थिएनन , यो कुरामा म अनविज्ञ छु , तर यो कुरामा दावा गर्न सक्दछु कि म चाहिँ पुर्ण रुपमा डाको छाडी ठूलो ठूलो स्वरमा कराउदै रुदै थिए, सायद त्यति बेला नै यो संसारमा रहेका विभिन्न किसिमका दलदलमा फस्दैछु अर्थात अनेकौ संघर्षका दिनगन्ती सुरु भयो भन्ने आभास भएको हुनुपर्दछ।
यो संसारमा सायद एक कुशल बैंकरको आवश्यकता थियो होला, सायद एक कुशल नेतृत्वकर्ताको आवश्यकता थियो होला, सायद एक शिक्षकको आवश्यकता थियो होला , सायद एक डाक्टरको आवश्यकता थियो होला, सायद कुशल एक इन्जिनियरको आवश्यकता थियो होला, सायद एक सामाजिक अभियान्ता जस्ता विभिन्न क्षेत्रमा एक कुशल ब्यक्तिको आवश्यकता थियो होला र त सबैका मालिक अर्थात ब्रह्माण्ड नायक भगवानले बुवा-आमाको माध्यमबाट यस धर्तीमा मलाई पठाएको हुनुपर्छ।
हरेक बर्ष जन्मोत्सवका दिन मनमा आउने यो प्रश्न अर्थात मलाइ यस धर्तीमा जन्माइनु रहर थियो कि वाध्यता भन्ने बिषयमा म अझै निर्दोष छु, अझै सम्म बुझ्न सकेको छैन र बुझ्ने प्रयास आज सम्म नि गरेन किनकी यो बुझ्नु त्यति आवश्यक मैले ठानेन। तर यति कुरा ढुक्कका साथ भन्न सक्दछु कि यो संसारमा सायद एक कुशल बैंकरको आवश्यकता थियो होला, सायद एक कुशल नेतृत्वकर्ताको आवश्यकता थियो होला, सायद एक शिक्षकको आवश्यकता थियो होला , सायद एक डाक्टरको आवश्यकता थियो होला, सायद कुशल एक इन्जिनियरको आवश्यकता थियो होला, सायद एक सामाजिक अभियान्ता जस्ता विभिन्न क्षेत्रमा एक कुशल ब्यक्तिको आवश्यकता थियो होला र त सबैका मालिक अर्थात ब्रह्माण्ड नायक भगवानले बुवा-आमाको माध्यमबाट यस धर्तीमा मलाई पठाएको हुनुपर्छ।
एउटै ब्यक्ति सबै क्षेत्रमा अवश्य पनि कुशल तरिकाले सफलता प्राप्तिका साथ आफ्नो कार्य सम्पादन गर्न सक्दैन ।तसर्थ कुनै एउटा निश्चित क्षेत्रमा एक कुशल ब्यक्ति भइ आफ्ना बुद्धि, विवेक , ज्ञान, सीप, क्षमता, अनुभव, स्रोत , साधनसंग तादम्यता हुने गरि आफ्नो छुट्टै भुमिका निर्वाह गर्ने हैसियत कायम गर्न अहोरात्र खटिरहेको छु , लडिरहेको छु, अगाडी बढीरहेको छु, संघर्ष गरिरहेको छु . . . !
तर बिडम्बना यो छ कि एउटै ब्यक्ति सबै क्षेत्रमा अवश्य पनि कुशल तरिकाले सफलता प्राप्तिका साथ आफ्नो कार्य सम्पादन गर्न सक्दैन ।तसर्थ कुनै एउटा निश्चित क्षेत्रमा एक कुशल ब्यक्ति भइ आफ्ना बुद्धि, विवेक , ज्ञान, सीप, क्षमता, अनुभव, स्रोत , साधनसंग तादम्यता हुने गरि आफ्नो छुट्टै भुमिका निर्वाह गर्ने हैसियत कायम गर्न अहोरात्र खटिरहेको छु , लडिरहेको छु, अगाडी बढीरहेको छु, संघर्ष गरिरहेको छु . . . !
क्याटेगोरी : ब्लगट्याग : #Ankit Rawal