Techie IT
×
गृहपृष्ठआर्थिकहेर्नुहोस्, बिहीबारको विदेशी मुद्राको विनिमयदर

हेर्नुहोस्, बिहीबारको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस