गृहपृष्ठ ∕ आर्थिक ∕ भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढ्यो भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढ्यो दीप संञ्चार पुस २१, २०७९ गते २०:२१ मा प्रकाशित नेपाल राष्ट्र बैंकले चुक्ता प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढाएको छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै चुक्ता पुँजी बढाएको हो ।भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम ४० करोड तोकिएको छ । यसअघि १० करोड चुक्ता पुँजी तोकिएको थियो ।नयाँ भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति लिने कम्पनीले अब न्यूनतम चुक्ता पुँजी ४० करोड पुर्याउनुपर्ने छ । यो व्यवस्था लागु हुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।यस्तै, भुक्तानी कार्डबाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने संस्थाको चुक्ता पुँजी पाँच करोड तोकिएको छ । भुक्तानी कार्डसहित अन्य उपकरणहरूसमेत सञ्चालन गर्ने संस्थाको पुँजी २५ करोड तोकिएको छ ।नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुनेगरी सञ्चालन हुने संस्थाको पुँजी ८० करोड तोकिएको छ । बैंक तथा वित्तीय संस्था तथा विदेश स्थापना भएर नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई भने यो नियम लागु हुनेछैन ।भुक्तानी सेवाप्रदायकको अनुमति पाएको पाँच वर्षभित्र संस्थापक सेयर बिक्री नहुने प्रावधान नीतिमा राखिएको छ ।क्याटेगोरी : आर्थिकट्याग : #Nepal Rastra Bank तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्ब धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा