Techie IT
×
गृहपृष्ठआर्थिकबैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपियाँ खिच्ने भएको छ । शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । सावाँ र ब्याज भुक्तानी भने असार २१ गते निर्धारण हुनेछ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपियाँ खिचेको थियो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

तपाईको प्रतिक्रिया दिनुहोस