गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज दीप संञ्चार फागुन १३, २०७८ गते ११:२६ मा प्रकाशित कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो ।चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’ चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मन पराएका थिए ।तर, यससपटक भने माहोल अलि फरक देखिएको छ । चलचित्रका अभिनेता पल शाहविरुद्ध एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ । सोही कारण पल शाहको जुन लोकप्रियता छ त्यसमा यो काण्डले असर गर्ने र चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ । यो कुरालाई निर्माता एवं अभिनेत्री पूजा शर्माले पनि स्वीकारेकी छन् । उनले आफ्नो टिमप्रति कालो छायाँ परेको र कसैको आँखा लागेको टिप्पणी गरेकी छन् ।नेपाली चलचित्रकर्मीहरूले भने जे जस्तो भए पनि यो महामारीका बीचमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले चलचित्र रिलिज गरेर ठूलो जोखिम मोलेको भन्दै दर्शकले नेपाली चलचित्रलाई माया गरिदिनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली दर्शकले धेरै समयदेखि फ्रेस नेपाली चलचित्र हेर्न नपाइरहेको अवस्थामा ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै साथ पाउने अपेक्षा गरिएको छ ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #म यस्तो गीत गाउँछु २ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न