आधुनिक गीति संग्रह गुनासो र गोधुलीको विमोचन हुने

दाङ, कला, साहित्य र संगीतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उदाहरण समूह, नेपालको आयोजनामा दुई वटा आधुनिक गीति संग्रह विमोचन हुने भएको छ । आज शुक्रबार घोराहीको माला ईन होटलमा विहान ११ बजे विमोचन कार्यक्रम हुने उदाहरण समूह, नेपालले बताएको छ ।
गीतकार प्रकाश केसी, संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा मोडेल शरद समिपको स्वरमा रहेका दुई वटा गीति संग्रह गुनासो र गोधुलीको विमोचन कार्यक्रम रहेको छ । नेपाली आधुनिक संगीतको क्षेत्रमा चर्चित गीतकार प्रकाश केसीको एकल शब्द, गायक शरद समिपको एकल गायन र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा दुई वटा गीति संग्रह गुनासो र गोधुलीमा नेपाली समाजको चित्र, प्रेम र सामाजिक विषय बस्तुको कथाहरु समेटिएको गायक समिपले बताए ।
कार्यक्रममा जिल्लाका साहित्यकार, कलाकार, पत्रकार सबैलाई आमन्त्रण गरिएको र कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिएका छन् ।
क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस