ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
काठमाडौं – ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ।
अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको ठकुरी सहयोग सञ्जालको बनभोज एवं भेटघाट कार्यक्रम आजै चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना गर्ने भनी सूचना प्रकाशित गरिएको थियो ।
विविध कारणबस तोकिएको बनभोजस्थलको ठाउँ परिवर्तन गरी गोकर्णश्वर नगरपालिका वडा नम्बर ४ जगडोल पार्क स्थित कपुर बाटीकामा राखीएको वनभोज तथा भेटघाट कार्यक्रमको संयोजक दामोदर शाही रास्कोटीले जानकारी दिएका छन् ।
विशिष्ट भाषा, संस्कृति, उच्च सभ्यता, गौरवशाली इतिहास नै ठकुरी वर्गको बेग्लै पहिचान हो, जुन हामीले कायम गर्दै भावि पिढीलाई पुस्तान्तरण गराउदै जानु हाम्रो अहम कर्तव्य पनि हो । नेपालको वर्तमान परिस्थितिमा ठकुरीहरुको भाषा संस्कृति, परम्परा र ईतिहास जगेर्ना गर्न सम्पूर्ण ठकुरी समुदायलाई यस साझा थलो सञ्जालमा गोलबद्ध हुन जरुरी रहेको ठकुरी सहयोग सञ्जाल कतारको संस्थापक अध्यक्ष उमेश जङ्ग शाहीले बताएका छन् ।
राष्ट्र, राष्ट्रियताको लागी, पुर्खाको आन, मान र शानको लागी आफ्नो पहिचान जोगाउने रणनीति तय गर्ने उद्धेश्यले वनभोज तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको ठकुरी सहयोग सञ्जालको सल्लाहकार किशोर सिह शाहीले बताए ।
ठकुरी सहयोग सञ्जाल एक सामाजिक गैरसरकारी संस्थाले २०७० सालदेखि हाल सम्म नेपाली समाजमा भइपरी आउने समस्या दैवीप्रकोपबाट हुने समस्या समाधान लगाएत कलम परियोजना मार्फत छात्रवृत्ति गरिब तथा विपन्नलाई प्रदान गर्दै १८ जना विद्यार्थीहरुलाइ अध्यापन गराउदै आइरहेको सञ्जालको अध्यक्ष अजय मल्ल ठकुरीले जानकारी दिएका छन् ।
ठकुरी सहयोग सञ्जालले हाल सम्म साखा विस्तार गरि ठकुरीहरुलाई एकताको सुत्रमा बाँधेर लैजादै गरिरहेको र हाल सम्म विस्तार भएका साखाहरु निम्न अनुसार छन ।
ठकुरी सहयोग संजाल, केन्द्रीय कार्यालय, काठमाडौँ
ठकुरी सहयोग संजाल, लुम्बिनी प्रदेश,परिवा
ठकुरी सहयोग संजाल, कर्णाली प्रदेश,परिवार
ठकुरी सहयोग संजाल, कतार
ठकुरी सहयोग संजाल, यु ए ई
ठकुरी सहयोग संजाल, काभ्रे
ठकुरी सहयोग संजाल, सल्यान
ठकुरी सहयोग संजाल, बाजुरा
ठकुरी सहयोग संजाल, सिन्धुली
ठकुरी सहयोग संजाल, रुकुम पूर्व
ठकुरी सहयोग संजाल , रामपुर, पाल्पा
ठकुरी सहयोग संजाल , बर्दिबास, महोतरी
ठकुरी सहयोग संजाल , बाँके
ठकुरी सहयोग सन्जाल , अछाम
ठकुरी सहयोग संजाल , बर्दिया
ठकुरी सहयोग सन्जाल, बझाङ
ठकुरी सहयोग संजाल, जाजरकोट
ठकुरी सहयोग संजाल, मकवानपुर
ठकुरी सहयोग संजाल, सिरहा
ठकुरी सहयोग संजाल, सिन्धुपाल्चोक
ठकुरी सहयोग सन्जाल, बारा
ठकुरी सहयोग सन्जाल, रौतहट
ठकुरी सहयोग संजाल , मुगु
अनादि काल देखि कुनै पनि विदेशी शक्तिको अधिनमा नपरेको स्वाधीन स्वतन्त्र राष्ट्र सदियौ देखि मिलेर बसेका हामीलाइ विभिन्न बहानामा फुटाउने, विभाजित गराउनेको विरुद्ध एक हुने अवसर मजबुत बनाउन हजुर हामी आ-आफ्नो राजनैतिक, धार्मिक आस्था, जात, संस्कृति, भन्दा माथि उठेर चन्द्र सूर्य अंकित राष्ट्रिय झन्डा बोकेर जननी जन्म भूमिको लागि पुर्खाहरुले एक भएर कीर्ति फिजाए झैँ सारा संसारलाई देखाउनु छ, हाम्रो एकता, हाम्रो बीरता ।
राष्ट्रियता लाई जोगाइ राख्नको लागि एकजुट हुन र सभ्य समाजको निर्माणको लागि ठकुरी सहयोग संजालले संसारमा छरिएर रहेका ठकुरीलाई यो ठ. स. स. मा जोडिन आह्वान गरिरहेको केन्द्रीय कार्यालय काठमाडौंले जनाएको छ।
क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन
ट्याग : #breaking, #hot, #tss
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
तपाईको प्रतिक्रिया दिनुहोस