खस भाषामा सजिएको “खस देउसी भैलो” तिहार गित बजारमा

दाङ्ग—लोप हुन् लागेको खस भाषाका संरक्षक तथा लोक दोहोरी गायक कुल बहादुर ओलीले खस भाषाको सांगीतिक कोशेली “खस देउसी भैलो” बोलको गित लिएर बजारमा आएका छन । म्युजिक मस्ती प्रालिको प्रस्तुति रहेको उक्त खस भाषाको तिहार गीतमा खस भाषाका संरक्षक तथा गायक कुल बहादुर ओली, केबी भण्डारी र दिल माया सुनारको स्वर रहेको छ । गायक ओली र जयराम खत्रीको शब्द रहेको छ भने केबी भण्डारीले गीतको एरेन्ज गरेका छन । त्यस्तै गायक ओलीले तिहार गीतको शब्दलाई मिठो संगीत दिएर अझै मिठास बनाएका छन ।
आफ्ना बाबु बाजेले बोल्दै आएको खस भाषा पछिल्लो समय युवा पुस्ताले बिर्सदै गएको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको गायक ओलीले बताए । आफ्नो रितिरिवाज, धर्म संस्कृति बिर्सन हुन्, म कलाकारिता क्षेत्रमा लागेको नाताले यो खस भाषालाई पनि जगेर्ना गर्नु पर्छ भन्ने लागेको छ उनले भने । म यो आफ्नो मौलिक खस भाषालाई जगेर्ना गर्नु पर्छ भनेर लागि परे पछि धेरै साथीहरुले हौसला पनि दिनु भएको छ, मैले मात्र गरेर हुँदैन सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ भन्दै आग्रह समेत गरेको छु गायक ओलीले भने ।
खास गरि यो खस भाषा साबिकका राप्ती, कर्णाली प्रदेश र सुदुरका केहि जिल्लामा बोल्ने गरिन्छ । रुकुम, रोल्पा, सल्यानमा अझै पनि यो खस भाषा निकै प्रयोग गर्ने गर्दछन । खस भाषाका संरक्षक तथा गायकका अनुशार सबै जिल्लामा यो भाषालाई निरन्तरता दिनु पर्छ अनि मात्र खस भाषाले न्याय पाउनेछ । एकातिर खस भाषालाई जगेर्ना गर्न निकै संघर्ष गरि रहेका छन् भने अर्को तर्फ लोक गित संगीतमा पनि गायक ओलीको त्यतिक्कै देन छ ।
क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस