…..✍️ सदा झै आज पनि वितेका दिनहरू जस्तै राती अबेर सम्म देशको व्यग्र चिन्ता गर्दै यूरोप बस्ने साथी संजय जीसंग गनथन गर्दै ढिला सूतियो l विहान ड्यूटी आउने क्रममा एक श्रीलङ्कन नागरिक कुलेन्द्र नाम बताउने श्रमिकसंग भेट हून पुग्यो l
म आफू जाने गन्तव्य सम्म भाडाकेा मोलमोलाई गरी हामी दुई मेरो कार्य क्षेत्र प्रस्थान गर्यौं l यात्रा गर्दा म आफू छोटो दूरीको यात्रा होस् या लामो, चुपचाप मौन बस्न सक्दै सक्दिन, त्यसैले होला अरू भन्दा अली फरक ठान्ने गर्छू आफूलाई, त्यसैले चुपचाप गाडीमा मौन बस्न सक्ने कुरै भएन, मैले कुरा निकाली हाले (हाम्रो कुरा हिन्दीमा, तर नेपालीमा अनुवाद) तपाईको दोहा बसाई कती वर्ष भयो ? भन्ने प्रसंगमा उसको उत्तर थियो, १९७५ मा दोहा आए, अब उमेरको कुरै नगरौ । रोजगारीको लागी खाडी देश कतारमा भासिएकै ४४ बर्ष भएछ ! सायद यो अबधि भनेको हामी नेपालीहरूको सरदर पूरा आयुको ३ चौथाई उमेर हुनुपर्छ l
“कतारको राजालाई देशको आघात माया छ l किनभने उनिहरू अर्काको अधिन बाट मुक्त (अलग )भएका हुन् l यिनीहरुलाई देश विश्व समुदाय सामु उत्कृष्ट बनाएर देखाउनु छ भन्ने देश प्रेम छ l लोभी हुदैनन् यिनीहरु, त्यसैले विकास छ कतारमा l”
उमेरमा पाको र बुढ्यौली भएपनी गाडी चाइ हामी नेपाली यूवाहरूले हाँके जस्तै कूद्न थाल्यो l मैले भने तपाई आउदा दोहा यस्तै थियो त ? ….५० पैशामा एक कप चिया र स्यान्डवीच आउथ्यो, आईडी लगाउन ५० पैसा लाग्थ्यो, १६ रियालमा १ ग्राम सुन आउथ्यो, पिउने पानी पनी थिएन, चारै तिर खाली जमीन थियो, कूनै राम्रो हेर्ने लायक संरचना थिएन, पक्कि रोड कही कही मात्र थियो, त्यो पनी यौटा गाडी मात्र हिडाउन सकिने खाल्को, धेरै कुराको छूट थियो त्यो बेला, जस्तै गाडीको लाईसन लिन पैसा लाग्थेन, वार्षिक गर्ने गाडी चेकजाचको पनी पैसा लाग्थेन, सरकारले फ्रीमा रोटी दिने गर्थ्यौ ! महङ्गी त यहा पनिबढ्यो, तर मैले हेर्दा हेर्दै कस्तो विकास भयो यो देश, मैले कल्पना पनी गरेको थिईन l उ क्रोधित हुदै.. हाम्रा नेताहरुको त के कुरा गर्नू !
म आफू पनी अली कती देशको लागी चिन्ता गर्ने भएर होला आफूलाई पनी कता कता देश दुख्यो, देशको वर्तमान अवस्थाको बारे र उनको कुरालाई सुस्म मनन गर्दा । सोचे हाम्रो देशमा पनि किन विकास सम्भव हुदैन ? आखिर यहाँ कतारमा पनि त हिजोको दिनमा भन्दा आज महङ्गी छ l के कारणले यहाँ अकल्पनिय विकास हुँदैछ ? मैले उसलाई प्रश्न गरे ‘के कारणले गर्दा यहाँ यस्तो उधूम विकास भएको रहेछ ?’ उनको जबाफ थियो यहाँका राजालाई देशको आघात माया छ l किन भने उनिहरू अर्काको अधिनबाट मुक्त भएका हुन् । यिनीहरुलाई देश विश्व समुदाय सामु उत्कृष्ट बनाएर देखाउनु छ भन्ने देश प्रेम छ l लोभी हुदैनन् यिनीहरु, त्यसैले विकास छ कतारमा l
अब झन मलाई देशको व्यथाले पिरोल्न थाल्यो, हाम्रो देशका नेताहरु माथी प्रश्न उब्जिन थाल्यो, के हाम्रो देशका नेताहरूलाई देशको माया नभएरै विकास नभएको हो त ? के नेपाल यि शासकहरुलाई जङ्गलको बादरले वेल पाए जस्तै भएको हो त? होईन भने किन हाम्रो देश नेपाल विकास हुदैन ? की हामी नेपाली जनतालाई देश विकास चाहीदैन र यिनीहरुलाई नै बरम्बार निर्वाचित गराई रहन्छौं ? के हामी नेपालीहरूले विदेश बनाऊन सक्छै भने देश बनाऊन सकिन्न र ? के हामिले विदेशको जस्तो विकास देख्न नपाउने नै हो त ? यदि होईन भने किन बनेन नेपाल ? समस्या र समाधानको विचमा तपाई हामी जनता नै हो l मेरो प्रश्न र कौतुहलता जस्तै आज तपाई हामी सबैलाई पनि यही भाव पैदा हुने हो भने अबस्य नेपाल बन्छ l देखाउन सकिन्छ गरेर, बनाएर l
केवल अशल ब्यक्तिलाई र पारदर्शी संगठनलाई साथ सहयोग विना सम्भव पनि छैन l तब सम्म हरीयो पासपोर्ट बोकी कर्मभूमीको खोजीमा भौतारीनु शिवाय केही हुन्न l क्रमश:….
क्याटेगोरी : घुमफिर