गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा, पहिलेको आफ्नो कार्यकालको अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा, पहिलेको आफ्नो कार्यकालको अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता दीप संञ्चार असार १७, २०७८ गते १:०७ मा प्रकाशित मलेशिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिबेसनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।शाहले मलेसियामा स्थापित संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । शाहको उम्मेदवारी कार्यक्रममा जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम र टेक टमाटाले एनआरएनए मलेसियाको आगामी अध्यक्षमा शाहलाई बिजय गराउन मलेसियामा रहेका सबै नेपालीलाई आग्रह गरे ।एनसीसी मलेसियालाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी मलेसियाको हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउन पुन एक कार्यकाल काम गर्ने उद्देश्यले शाहले उम्मेदवारी दिएको बताएका छन् । शाहले उम्मेदवारी घोषणा संगै आफ्ना घोषणा पत्र समेत सार्बजनिक गरेका छन ।नेपाल बाहीर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्बय परिषदमार्फत पहल गरिने जानकारी गराएका छन् । उनले बिगतमा घोषित कार्यक्रमहरु बिबिध कारणबश सम्पन्न गर्न असमर्थ भएको बताउँदै ती अधुरा कामहरु सम्पन्न गर्न अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन ।शाहले मलेसियाबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी सातौ महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरि सहयोग गर्न अपिल गरेका छन् ।शाहको प्रतिबद्धताहरु१. एनसीसी मलेसियाको हरेक गतिबिधिहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ ।२. मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ ।३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ ।४. नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने ।५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने ।६. प्राय नेपालीहरु मलेसिया आउदा यहाँको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ ।७. मलेसियासंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।८. नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।१०. पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ । क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न