गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए विवाद समाधान गरेर मात्र दशौं महाधिवेशन गराउन केन्द्रीय सल्लाहकारहरुको सुझाव एनआरएनए विवाद समाधान गरेर मात्र दशौं महाधिवेशन गराउन केन्द्रीय सल्लाहकारहरुको सुझाव दीप संञ्चार मंसीर २३, २०७८ गते १७:५९ मा प्रकाशित काठमाडौं (जीएनएन) — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् ।गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकारहरू विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्डारीले निर्वाचनको शुद्धता र विश्वसनीयता कायम गर्नका लागि संघको विधान विपरित मतदाता नामावलीमा राखिएका विद्यार्थी र पर्यटक भिसामा रहेका व्यक्तिहरुलाई सो सूचीबाट हटाउनुका साथै सम्बन्धित एनसीसीहरुको साधारण सभापछि थप गरिएका सबै सदस्यहरुको नाम मतदाता सूचीबाट हटाउन सुझाव दिएका छन् ।‘दशौं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने तथ्यप्रति फेरि जोड दिन चाहन्छौं। अन्यथा संस्थाको स्थापनादेखि नै योगदान पुराउंदै आएका साथीहरुलाई समावेश नगरी गराइने कथित चुनावले संस्थालाई विभाजन र विघटनको बाटोतर्फ डो-याउने हाम्रो ठहर छ । त्यसैले डेलिगेट्स छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र आम सहमतिको आधारमा निर्वाचनको कार्यक्रम अगाडी बढाउन हामी सुझाव दिन चाहन्छौं,’ सल्लाहकारहरुले भनेका छन् ।उनीहरुले नेपाल सरकार, प्रमुख राजनीतिक दलहरु तथा सम्वद्ध पदाधिकारीहरु विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्दा त्यसले संस्थाको गरिमा घटाउनुका साथै संस्थाको अहित गर्ने भएकाले संघको कुनै पनि जिम्मेवार पदाधिकारीले त्यस्तो गतिविधि नगर्न पनि अनुरोध गरेका छन् । संघले एकलौटी रुपमा विवाद समाधान नगरी निर्वाचन समितिमार्फत मतदाता नामावली प्रकाशित गरेपछि एनआरएनएभित्र विवाद थप पेचिलो बन्दै गएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा