Techie IT
×
गृहपृष्ठग्लोबलगल्फअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरको नवौं अधिवेशन सम्पन्न – अध्यक्षमा पौडेल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरको नवौं अधिवेशन सम्पन्न – अध्यक्षमा पौडेल


दोहा – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरको नवौँ अधिवेशन, अनेसास – नवोदित साहित्यिक वाचन शृङ्खला ११९ औँ डबली, शिखर पुरस्कार बितरण तथा नेपाली साहित्यिक पुस्तक मेला सम्पन्न भएको छ । कार्यक्रम कतार च्याप्टरका संस्थापक अध्यक्ष दीपक भेटवालको प्रमुख आतिथ्यता तथा अध्यक्ष सिताराम थापाको सभापतित्वमा सम्पन्न भएको हो ।

विधिवत उद्घाटनसहित अगाडी बढेको कार्यक्रममा मणि पौडेलले स्वागत मन्तव्य राखेका थिए । साहित्यिक वाचन डबली अन्तर्गत सुरेश परियार “आभास“, शेखर बस्नेत, दीप मिलन, दीपक आचार्य “जलन“, खेम सुवेदी, माया केसी, दिलिप पराजुली, मणि पौडेललगायतले आ– आफ्ना साहित्यिक रचनाहरु वाचन गरेका थिए ।

सयौँ डबलीमा स्थापना गरिएको “अनेसास शिखर पुरस्कार“ को बारेमा संयोजक प्रेम प्रसाद भट्टराईले प्रकाश पार्दै संस्था नेपाल सरकार मातहत दर्ता भई वैधानिक मान्यता पाएको जानकारी दिए । कोरोनाका कारण रोकिएको उक्त पुरस्कार २०७७ को साहित्यकार विनोद खड्का र २०७८ को बद्री प्रसाद पराजुलीलाई प्रदान गरिएको थियो । पुरस्कार बिजेताहरुलाई ३३हजार ३सय ३३ रुपैया नगद, ताम्रपत्रसँगै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै खड्काले पुरस्कारले आफूलाई थप जिम्मेवारी प्रदान गरेको बताए ।

कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न डबलीका विशिष्ट श्रोतालाई सम्मान गरिएको थियो भने कार्यक्रममा बोल्ने वक्ताहरूले रेगिस्तानबाट नेपाली साहित्यमा सर्जकहरूले गरेको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेम प्रसाद भट्टराईलाइ २०१८-२०१९ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा कदर पत्र र दोसल्लाले सम्मान गरिएको थियो भने अनेसास नबोदित वाचन सृन्खलाका डवलीहरुमा नियमित उपस्थित भइ रचनाहरु सुन्ने र सुनाउने गरेकोमा सर्जक शेखर बस्नेतलाईउत्प्रेरणा स्वरुप प्रशंसा पत्र प्रदान गरीएको थियो । त्यस्तै सस्थाले आयोजना गरेका विभिन्न गतिविधिहरु मध्यको भर्चुअल कार्यक्रमहरुमा प्राबिधिक क्षेत्रमा सहयोग पुर्याइदिनु हुने दीप सन्चार मिडियाका दीप जङ् शाह र सामाजिक अभियन्ता टुकराज अर्याल ज्यु लाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भेटवालले संस्था स्थापनाकालका सुख दुःखको स्मरण गर्दै संस्थाले निरन्तरता पाएको प्रति खुसी व्यक्त गरेका थिए । अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभापति थापाले अनेसास कतार विश्वभर फराकिलोरूपमा पुगेको बताए । उनले आफू सन् २०१२ बाट कतारको साहित्यसंग जोडिएको स्मरण गर्दै कोरोनाका कारण आफ्नो कार्यकालमा सोचे जति कार्यसम्पादन गर्न नपाए पनि साहित्यिक गतिविधिहरु चाहिँ नरोकेको बताए ।

उनले आफ्ना कार्यकालमा केही महत्त्वपूर्ण कार्यक्रमहरु को बारेमा बताए । अनेसास केन्द्रका तात्कालिन केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा भब्य रुपमा सम्पन्न भएको ,सयौं डवली सम्मका बिशिस्ट स्रोताज्यु हरु लाई आमन्त्रित गरि उहाहरुलाई प्रसस्ती पत्र बितरण गरिएको थियो । त्यस्तै अनेसास एसियाको जापानमा सम्पन्न कार्यक्रममा अनेसास कतार बाट सस्थाकी सचीव माया केसि को सहभागिता रहेको तथा अनेसास कतार तृतिय उत्कट च्याप्टर भएकोमा पुरस्कृत भएको थियो ।

कोरोनाले बिश्व परिवेशलाई नै प्रभावित गरेको अवस्थामा भर्चुअल माध्यमबाट भए पनि कुनै पनि डवली नरोकी निरन्तर सन्चालन भएका , समय समयले बनभोज कार्यक्रम , सामुहिक उपस्थितिमा साहित्यिक माहोलमा दशै तिहार कार्यक्रम सम्पन्न गरिनु , अनेसास केन्द्रका विभिन्न उपसमितिहरुमा सहभागिता रहनु , विभिन्न साहित्यिक सस्थाका भर्चुअल कार्यक्रममा सस्थागत सहभागिता रहनु , तथा बिभिन्न पुस्तक बिमोचन गरिनु ,नेपाली पुस्तक मेला सन्चालन सुरुवात गरिनु आदि यी कार्यकालका महत्त्वपूर्ण उपलब्धि भएको जनाए ।

थापाले हाल अनेसास केन्द्र अन्तरगतका पुस्तक प्रकाशन उपसमितिमा प्रेम प्रसाद भट्टराई , बाल साहित्य समितीमा खेमराज शर्मा , महिला उपसमितीमा माया केसि तथा अनेसास एसिया समिती सल्लाहकारमा तिर्थ सङम राई र कोशाद्क्ष्यमा सिताराम थापा हुनु भएको जानकारी दिनु भएको थियो ।अनेसासको यो कार्यकाल र यो अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खुल्ला सत्रको समापन गरेका थिए । कार्यक्रममा ३ सयभन्दा बढी पुस्तकहरूको प्रदर्शनीसमेत गरिएको थियो ।

अधिवेशनको बन्द सत्रवाट मणिराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको धोषणा निर्वाचन समितिका संयोजक करीम बक्स मियाँले गरेका थिए । कार्यसमितिको प्रथम उपाध्यक्षमा लेख कार्की, द्वितीय उपाध्यक्षमा यादव रेग्मी, महासचिव माया केसी, सचिव दीप मिलन, कोषाध्यक्ष चक्र कार्की, सह कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल रहेका छन् । त्यस्तै सदस्यमा लिलानाथ घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचित पदाधीकारीहरुलाई संयोजक मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष पौडेलले नेपाली साहित्यको फराकिलो दायरामा इटा थपिने गरी कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस