नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित)
दोहा – कतारमा आफूलाई सफल व्यवसायीका रुपमा स्थापित गर्न सफल नेपाली व्यवसायी मञ्जु खनालले दोहामा आभा मञ्जु नामक रेष्टुरेन्ट सञ्चालन गरेकी छन् ।
कतार लामो समय देखि सफल व्यवसाय सञ्चालन गर्दै आएकी नेपाल व्यवसायी संघ कतारका सदस्य खनालले सञ्चालन गरेको रेष्टुरेन्टको औपचारीक समुद्धघाटन गैरआवासी नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव तथा नेपाल व्यवसाय संघ कतारका उपाध्यक्ष आर.के. शर्माले प्रमुख आतिथ्यतामा गत शुक्रबार सप्मन्न भएको थियो ।
गैरआवासी नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व यूवा संयोजक तथा नेपाल व्यवसाय संघ कतारका उपाध्यक्ष राज रेग्मी र गैरआवासी नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा नेपाल व्यवसाय संघ कतारका महासचिव रमेश भट्टको विशेष आतिथ्यता रहेको समुद्घाटन प्रमुख अतिथि शर्माले रिवन काटेर उद्घाटन गरेका थिए ।
कतारको मुटुमा रहेको जैद्धा व्रिज छेउमा रेहेको दोहाको पूरानो र स्थापित व्यापारिक केन्द्र रहेको स्थानमा सञ्चालन गरिएको रेष्टुरेन्टलाई उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले नेपाली रेष्टुरेन्टहरु कतारमा समेत निकै विस्तार हुँदै गएको प्रति खुशी व्यक्त गर्दै भने, ‘रेष्टुरेन्टहरुको भिडमा केहि फरक थेमका साथ नेपाली पनलाई उत्कृष्टता प्रदान गरिएको छ, यहाँहरुको व्यवसायीक सफलताको कामना गर्दछु ।’
त्यस्तै उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि रेग्मीले नेपाली रेष्टुरेन्टहरुको लहरमा परिवार मैत्री रहेको प्रति खुशी व्यक्त गरे । रेग्मीले थपे, ‘ओपन किचेन, पारिवारीक क्याविन, हल लगायतका विशेषताले निकै आकर्षीत देखिन्छ, मलाई लाग्छ यस रेष्टुरेन्टले नेपाली मात्र नभई समग्र एसियन समुदायको मन जित्ने छ ।’
विशेष गरि नेपाली, ईन्डीयन र चाईनिज परिकारहरुको उत्कृष्टता एवं स्वादिष्टता प्रदान गर्ने हेतुले सन्चालन गरिएको रेष्टुरेन्टलाई शुभकामना दिदै अर्का विशिष्ठ अतिथि रमेश भट्टले भने, ‘कतारमा नेपाली व्यवसायीहरुले ठूलो लगानीमा दिर्घकालिन व्यवसायहरुमा शुरुवात गरिरहनु भएको छ, यसै क्रममा सञ्चालनमा आएको यस रेष्टुरेन्टले आभा मञ्जुको नाममा छुट्टै ब्राण्ड निमार्ण गर्न सकोस, मलाई विश्वास छ यस रेष्टुरेन्टले अन्तर्राष्ट्रियरुप मै आफ्नो छुट्टै ब्राण्ड निर्माण गर्न सक्नेछ ।’
क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस