एनआरएनए निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयले दिएको निर्देशनविरुद्दको मुद्दा आज स्थगित

काठमाडौँ -परराष्ट्र मन्त्रालयले एनआरएनए निर्वाचन रोक्न दिएको निर्देशन बिरुद्द पाटन उच्च अदालतमा बुधवार फाल्गुन ११ का लागि तोकिएको पेशी अन्तिम अवस्थामा आएर रोकिएको छ ।
बुधवार परराष्ट्र मन्त्रालय र एनआरएनएका कानुनविदहरु बहसका लागि अदालत पुगेपनि पालोका कारण बहस गर्न नभ्याएको भन्दै बुधवारको पेशी रोकिएको छ ।
संघ र परराष्ट्र मन्त्रालयबीचको मुद्दाको सुनुवाई आज बुधवार पाटन उच्चअदालतको १४ नम्बर इजलासमा न्यायधिशद्धय बबिता उप्रेती र मिना गौतम सेढाईको संयुक्त इजलासमा हुने भएको थियो । सो इजलासमा आज ११ वटा मुद्दाको पेशी तोकिएको मध्य संघ र मन्त्रालयको मुद्दा ९ नम्बरमा परेको थियो । उक्त मुद्दा आज स्थगित भएको छ ।
परराष्ट्र मन्त्रालयले एनआरएनएलाई निर्वाचन रोक्न निर्देशन दिएपछि पाटन उच्च अदालतले मंशिर ११ गते केहि समयको लागी अन्तरिम आदेश दिँदै परराष्ट्र मन्त्रालयका पत्र कार्यान्वयन नगर्नु र नगराउनु भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त मुद्दाको पेशी बुधवारका लागि तोकिएको थियो ।
अदालतका बिभिन्न मुद्दामा एनआरएनए -परराश्ट्र बिरुद्दको पेशी नौ नंवरमा थियो । अदालतका न्यायाधिशहरुले चार, पाँच वटा मुद्दामा बहस गर्दा समय नपुग भएपछि एनआरएनएको पेशी रोकिएको हो । अर्को पेशी प्रशासनले तोक्ने हुँदा दुई सातादेखि तिन सातामा तोकिने संभावना रहेको छ ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस