गृहपृष्ठ ∕ ग्लोबल ∕ परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने,परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार, किर्तेमा क-कस्को संलग्नता ? परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने,परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार, किर्तेमा क-कस्को संलग्नता ? दीप संञ्चार चैत्र २, २०७८ गते २०:२६ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को इतिहास मै पहिलो पटक परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका संघका कामचलाउ अध्यक्ष कुमार पन्त र बर्तमान नेतृत्वसंग मन्त्रालयले सहकार्य नगर्ने जनाएको छ।‘परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग हामीले कसरी सहकार्य गर्न सक्छौंरु मन्त्रालयले त यो कार्यसमिती खारेज गरिसकेको छ नी मन्त्रालयका एक उच्च अधिकारीले प्रश्न गरे। ‘उनले बर्तमान कार्यसमिती र अध्यक्ष पन्तले मुद्दा फिर्ता लिएर माफी मागेमा मात्र त्यस बारे केहि सोच्न सकिने ती पदाधिकारीले बताए ।‘मन्त्रालयले महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिए पछि पन्त उच्च अदालत पाटन पुगेका थिए। उक्त मुद्दा उपर अन्तिम फैसला हुन भने बाकी छ। उक्त मुद्दाको आज पुनरावेदन अदालत पाटनमा बहस हुदैछ । यसै बीच संघका अध्यक्ष कुमार पन्त,उपाध्यक्ष बद्री केसी,महासचिव हेम राज शर्मालगाएतको मिलेमतोमा संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्रमन्त्री नारायण खड्काको अध्यक्षतामा एक आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार गराएका छन् । अघिल्ला अघिल्ला अधिवेसनको पत्रलाई किर्ते गरि परराष्ट्र मन्त्रालयको बदनाम गरिएको एक एनआरएनए पदाधिकारीले नै बताए ।परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तो कुनै समिति गठन नगरिएको जनाउदै तेस्ता किर्ते कागजातको छानविन गरि कारवाही अगाडी बढाईने जनायो । सँस्था नै दर्ता रहेको नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध नै परराष्ट्र मन्त्रालय यहाँका जिम्मेवार पदाधिकारी बिरुद्द अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग मन्त्रालयले सहकार्य नगर्ने मन्त्रालय स्रोतले दावी गर्यो । स्रोतले भन्यो बर्तमान कार्यसमिती त परराष्ट्र मन्त्रालयले खारेज गरिसकेको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न