गृहपृष्ठ ∕ ग्लोबल ∕ घलेले गराएको कथित निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरुले गरे बहिष्कार, परराष्ट्र मन्त्रालयले मान्यता नदिने घलेले गराएको कथित निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरुले गरे बहिष्कार, परराष्ट्र मन्त्रालयले मान्यता नदिने दीप संञ्चार चैत्र १०, २०७८ गते १२:३३ मा प्रकाशित काठमाडौँ -गैरआवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले संस्था फुटाउने उद्देश्यले गराएको कथित निर्वाचनलाई संघका अधिकांश सदस्य तथा अभियन्ताहरु (९९ ५) ले बहिष्कार गरेका छन् ।बुधबार दिन भरी सहमति गर्न प्रयास गर्दा पनि घले दम्पति सहमतिमा नआए पछि संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुले प्रमुख संरक्षक घलेलाई दिएको म्यान्डेट फिर्ता लिएको घोषणा गरेका थिए। त्यस्तै बुधबार नै प्रमुख निर्वाचन अधिकृत विश्व बराल सहित निर्वाचन समितिका अधिकंश सदस्यहरुले आफ्नो पदबाट राजिनामा दिएका थिए। तर घलेले निर्वाचन समिति नै पुनर्गठन गरिएको भन्दै निर्वाचन कार्यक्रम अगाडी बढाएका थिए।बुधबार राती घोषणा गरिएको नयाँ कार्य समितिमा २०१९-२१ कार्यकालका लागि एसिया प्रशान्त क्षेत्रको उप क्षेत्रीय संयोजकमा पराजित बिनोद कुंवरलाई अध्यक्ष घोषणा गरिएको छ।कुंवर दक्षिण कोरियामा बसोबास गर्ने व्यवसायी हुन्। महाधिवेशन आयोजक समितिका संयोजक पनि रहेका उपाध्यक्ष सोनाम लामाले अध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरे पछि कुंवरलाई अगाडी सारिएको थियो।त्यस्तै नयाँ कमिटिमा उमेश पुडासैनी (कुवेत), बाबु राम लामा (अमेरिका), सुरेन्द्र सिग्देल (अष्ट्रेलिया), भोमा लिम्बु (अष्ट्रेलिया) उपाध्यक्ष चुनिएका छन्। यसै गरी महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिव जुनु गुरुङ (कोरिया), कोषाध्यक्ष डिला खरेल (अष्ट्रेलिया) निर्वाचित भएको घोषणा गरिएको थियो। क्षेत्रीय संयोजकहरुमा केशव कंडेल (ओसनिया), कृष्ण पोखरेल (अमेरिकाज) तथा उल्का घिमिरे (युरोप) रहेका छन् । ३,६०० प्रतिनिधिहरु रहेको भनिएको अधिवेशनमा १३२ भन्दा कम सहभागी रहेको अधिवेशनले गराएको भनिएको निर्वाचनलाई परराष्ट्र मन्त्रालयले मान्यता नदिने परराष्ट्र स्रोतले बताएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा