काठमाडौँ -गैर आवासीय नेपाली संघ आयरल्यान्डद्वारा नयाँ वर्षको विशेष शुभकामानासहित सांस्कृतिक साझ सम्पन्न गरेको छ ।
नेपाली कला सस्कृतिलाइ सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले गैर आवासीय नेपाली संघ आयरल्यान्डले नया वर्षको अवसरमा कार्यक्रम गर्दै आएको हो ।
ज्ञान सिङ पुन र सन्तोश शर्माले संचालन गरेको कार्यक्रममा कार्यक्रमको संयोजक गैर आवासीय नेपाली संघका उपाध्यक्ष ओम अधिकारीले गरेका थिए।
गैर आवासीय नेपाली संघका केन्द्रिय सह कोसाअध्यक्ष मिलन छन्त्यालको प्रमुख अतिथी र गैर आवासीय नेपाली संघका युरोप उसम्योजक सागर लामाको विशेष अतिथीमा कार्यक्रमको सुरुवात भएको थियो।
कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्यान्डका अध्यक्ष बिनोद कार्की , पुर्व अध्यक्षहरु नबराज कोइराला, राजन काफ्ले साथै कोर्क नेपाली समाजका अध्यक्ष लोक त्रिपाठी, र विभिन्न संघ सस्था प्रमुखहरुको उपस्थिति थियो।
कार्यक्रममा कलाकार गायनस्ज्ञानसिङ पुन, सरु थापा, कपिल पाइजा र शनि श्रेष्ठको उपस्थिति रहेको थियो भने कृस्टिना पोख्रेल, बिकास रसाइली, जिब्या राना मगर र आसिका न्युरेले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रम सफल पार्न पुष्कर बम्जन , प्रकाश डोङ, चिन्तामणि साप्कोटा, बाबुकृस्ण खतिवडा , राम् कृष्ण साप्कोटा, सृजना गोले र प्रकाश बम्जनको महत्त्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रममा सभापती कार्कीले नेपाली कला सस्कृती र सङित लाई जगेर्ना गर्न आयोजाना हुने येस्ता कार्यक्रममा सम्पुर्ण आयरल्यान्डबासी नेपालीहरु एकजुट हुनु पर्नेमा जोड दिए।


क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking,
#गैर आवासीय नेपाली संघ आयरल्यान्ड