गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन: उत्कृष्ट घोषित कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन: उत्कृष्ट घोषित दीप संञ्चार असार ४, २०७९ गते २१:३० मा प्रकाशित दोहा- कतार कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो पटक विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको छ ।फ्रान्सको पेरिसमा भएको प्यासेन्जर टर्मिनल एक्सपोमा आयोजित २०२२ वर्ल्ड एयरपोर्ट अवार्डमा हमाद विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको हो ।हमाद अन्तर्राष्ट्रिय विमानस्थल २०२१ मा पनि विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको थियो। वार्षिक ग्लोबल एयरपोर्ट ग्राहक सन्तुष्टि सर्वेक्षणमा ग्राहकहरूले मतदान गरेका ५ सय ५० भन्दा बढी एयरपोर्टमा ग्राहक सेवा र सुविधाहरूको मूल्याङ्कन गर्दै हमाद विमानस्थललाई विश्वकै उत्कृष्ट विमानस्थल घोषित गरिएको हो । त्यस्तै सिंगापुर चाङ्गी एयरपोर्ट, विश्वको उत्कृष्ट एयरपोर्ट स्टाफ सर्भिस र विश्वको उत्कृष्ट एयरपोर्ट डाइनिङ घोषित भएको छ ।टर्कीको इस्तानबुल एयरपोर्टले विश्वको उत्कृष्ट एयरपोर्ट किनमेल र सबैभन्दा परिवारमैत्री एयरपोर्टको रूपमा अवार्ड जितेको छ । जापानको टोकियो हानेदा एयरपोर्टले विश्वको सफा विमानस्थल, विश्वको उत्कृष्ट आन्तरिक विमानस्थल, एसियाको उत्कृष्ट विमानस्थल पहुँचयोग्य सुविधाहरूको अवार्ड जितेको छ। यस्तै साउदी अरेबियाको रियाद स्थित किंग खालि अन्तर्राष्ट्रिय विमानस्थलले विश्वको सबैभन्दा सुधारिएको विमानस्थलको अवार्ड प्राप्त गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार, #हमाद अन्तर्राष्ट्रिय विमानस्थल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट