नेपाली काँग्रेसको बिदेशस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय बैठक सम्पन्न भएको छ ।
जुलाई १६, २०२२ शनिबार नेपाली जनसम्पर्क समिति, भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको सभापतित्वमा बैठक दिल्लीमा सम्पन्न भएको हो । बैठकले १० बुंदे निर्णय समेत गरेको छ ।
बैठकले पार्टी सदस्यता बितरण एबं नवीकरण अभियान सुरु गर्ने,आगामी संसदीय निर्वाचनमा पार्टीलाई जिताउन सबैले पहल गर्ने,प्रबासी नेपालीहरुका समस्या एबं समसामयिक बिषयमा नेपाली दूतावास नेपाल सरकार, भारत सरकार समक्ष राखी समस्याको समाधान गर्न प्रतिनिधि मण्डल जाने,नेपालमा प्रतिनिधिमण्डल गइ पार्टी नेतृत्व र सरकारसमक्ष आफ्ना माग राख्ने लगाएतका निर्णय भएको अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।
यस्तो छ बैठकले गरेको देहाय बमोजिमका निर्णयहरू
१. जुलाइ २०२२ देखि ३० अगस्त सम्म सदस्यता बितरण एबं नवीकरण अभियान सुरु गर्ने।
२. सेप्टेम्बर देखि ३० सेप्टेम्बर सम्म सदस्यता छानबिन अभियान ।
३. १ अक्टोबर देखी ३० अक्टोबर शाखा सम्मेलन ।
४. १ /११/२०२२ देखि ३० /११/२०२२ नेपालमा निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बिजय गराउन सदस्य क्रियासिल सदस्यहरु,आजिबन सदस्यहरु,शाखा कार्य समिति क्षेत्रीय,केन्द्रिय कार्यसमितिहरुका सम्पुर्ण सदस्य पदाधिकारी नेपाल अनिवार्य जाने ।
५. ३०/१२/२०२२ सम्म क्षेत्रीय अधिबेशन सप्पन्न गर्ने।
६. नेपालमा स्थानीय निर्वाचनमा नेपाल गई नेपाली काङ्ग्रेसलाई बिजय गराउन गएका सदस्यहरुले आफ्नो आफ्नो रिपोर्ट पेस गरेका थिए र केन्द्रिय बैठकले सबै समितिका सदस्यहरुलाइ धन्यवाद दिदै नेपाली काङ्ग्रेस सभापति एबं नेपाल सरकारका प्रधानमन्त्रीको नेतृत्वमा स्थानिय तहको निर्वाचनमा नेका पहिलो पार्टी भएकोमा नेपाल काङ्ग्रेसलाई धन्यवाद प्रस्ताव पास गरेको छ।
७.समितिको उदेश्य पुर्ती गर्ने एबं बिस्तार गर्ने विभिन्न बिभागहरु गठन गर्ने । अध्यक्ष ज्युले सदस्यहरु मध्यबाट जिम्मेवारी दिने।
८. प्रबासी नेपालीहरुका समस्या एबं समसामयिक बिषयमा नेपाली दूतावास नेपाल सरकार, भारत सरकार समक्ष राखी समस्याको समाधान गर्न प्रतिनिधि मण्डल जाने।
९. स्वास्थ शिबिर जनजागरण ,खेलसास्कृतिक कार्यक्रम मार्फत युवा हरुलाइ समेट्दै सेवाको भाबनाले जनजन सँग जाने।
१०. नेपालमा प्रतिनिधिमण्डल गइ पार्टी नेतृत्व र सरकारसमक्ष आफ्ना माग राख्ने निर्णय भएको छ।
उमेर प्रसाद काफ्ले
नेपाली जनसम्पर्क समिति भारत
क्याटेगोरी : ग्लोबलट्याग : #नेपाली जनसम्पर्क समिति भारत