गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउदै आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाउदै दीप संञ्चार साउन १२, २०७९ गते ११:२५ मा प्रकाशित “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका” भन्ने मुल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं विश्व आदिवासी दिवस युएईमा पनि नेपाल आदिवासी जनजाती महासंघ युएईले नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा आगामी १४ अगष्टका दिन विविध कार्यक्रमका साथ बर दुवई स्थित क्लव एभरेस्टमा मनाउने भएको छ ।कार्यक्रममा विभिन्न जातिका मौलिक सांस्कृतिक झाकीको प्रदर्शन, हरेक जातिको मौलिकता झल्कने प्रदर्शनी स्टल एवं मौलिक सांस्कृतिक प्रस्तुति साथै कार्यक्रममा आआफ्नो समाजमा योगदान पुर्याउने महासंघमा आवद्ध जातिय समाजको सिफारिसमा हरेक समाज बाट एक जना महिला र एक जना पुरुषलाई सम्मान गरिने छ ।बिगत वर्षहरुमा जस्तै यो वर्ष पनि मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना हुने महासंघकि अध्यक्ष विजय लक्ष्मी राईले बताईन ।प्रवासी कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा एक्स्पो २०२० मा नेपाल पेवेलियनका आयोजक आई ई जी ग्रुपले एक्स्पो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए ।सोही कार्यक्रममा कोभिड-१९ विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धारका निम्ति स्थानिय प्रशासनसंग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटने स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले जानकारि दिए ।विश्व आदिवासी दिवस ९ अगष्टमा मनाईने भए पनि प्रवासमा सबैको अनुकुलतामा नेपाल आदिवासी जनजाती महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको थियो। तर कोभिड – १९ को महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रीय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #आदिवासी जनजाति महासंघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा