गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आइतबार थाईल्याण्डको राजधानीमा सम्पन्न भएको छ ।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर, गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय मणिभद्र कंडेल, नेकपा एमालेका सांसद डा। सूर्य प्रसाद पाठक, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर राष्ट्रिय संयोजक ९महासचिब० भीम उदास लगायत अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको उपस्थिति थियो ।
सम्मेलनमा ३० देशका तीन सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन्। । सम्मेलनमा सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिपुल अफ नेपाली अरिजिन ९पिएनओ०, महिला, युवा लगायत संघको संरचनागत सुधारको बारेमा छलफल गरिएको थियो । उक्त सम्मेलनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुंवरले गैरआवासीय नेपालीहरुलाई देश विकासको अभियानमा सहकार्य गर्न आग्रह गरे। उनले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागी सरकारले कुनै कसर बाकी नराख्ने पनि बताए ।
मिलापको पहिलो चरण
त्यस्तै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले यो सम्मेलनको मुख्य उद्देश्य संघका सबै सदस्यबीच सहमति र एकता गराउनु भएको बताए । ‘यो मिलापको पहिलो चरण हो । केही साथीहरुको असन्तुष्टि थियो । त्यो पनि संस्थाको हितको लागि नै राखिएको असन्तुष्टि हो । असन्तुष्टि लिएर बाहिर रहेका साथीहरुलाई पनि सँगै लैजाने छौ । हामि सबै मन देखि नै एकता होस भन्ने चाहन्छौ,” उनले भने । उनले गैरआवासीय नेपाली नागरिकतालाई जति सक्दो चांडो कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह पनि गरे।
‘मिलापस् टुगेदर वि स्ट्यान्ड’ भन्ने मूल नारा सहित अगष्ट २७ र २८ मा सम्पन्न सम्मेलनले १२ बुंदे घोषणापत्र पनि जारी गरेको छ।
बैंकक घोषणापत्र
१. दोस्रो विश्वयुद्धको समय देखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ ९पिपल अफ नेपाली ओरजिन० हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसंग बिषेश अनुरोध गर्दछ ।
२.एनआरएनएले स्थापनाकालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसदबाट पारित भएको प्रति यो सम्मेलन खुशि व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरिन्छ ।
३. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषदहरु यो सम्मेलन मार्फत प्रतिबद्धता जाहेर गर्दछ । समाचार संयोजक, एनआरएनएनेपालमा बिदेशबाट पढ्न आउनेहरुले पर्यटन भिषा लिएर जानुपर्ने अबस्था भएकोले सो को अनुकुल बाताबरणको लागि बिद्यार्थी भिषाको व्यबस्थाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।
४. गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।
५. आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।
६. हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तब्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन अनुरोध गर्दछ ।
७. बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ ।
८.संघले उद्धमशिलताको बिकास गर्न बिध्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो सम्मेलन सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।
९. नेपालको प्रमुख आर्थिक श्रोत बिष्रेशण ९रेमिट्यान्स० लाई औपचारीक माध्यमबाट नेपाल पठाउने बाताबरण बनाउंदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वाताबरण मिलाउन नेपाल सरकार संघ बिच सहकार्य गर्ने यो सम्मेलन निर्णय गर्दछ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको बैदेशिक मुद्राको न्यूनतालाई परिपुर्ती गरी सहयोग गर्न यो सम्मेलन अपील गर्दछ ।
१०. वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीहरुलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचलान गर्न लागिएको १० अर्बको लगानी कोष संचालनमा आवश्यक कानून यथासक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ ।
११. मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्नेछ ।
१२. यो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ थाइल्याण्ड, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु अन्तर्राष्ट्रिय समन्वय परिषद्, यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरु, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)
एसिया प्यासिफिक क्षेत्र, ९ औं क्षेत्रीय सम्मेलन, थाइल्याण्ड, बैंकक
२८ अगष्ट २०२२
क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking,
#NRNA