गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए यूकेको खड्का नेतृत्वको समितिलाई एनआरएनए आइसीसीबाट अनुमोदन एनआरएनए यूकेको खड्का नेतृत्वको समितिलाई एनआरएनए आइसीसीबाट अनुमोदन एमआईएस सिस्टममार्फत सदस्यता खुलाउने तयारी दीप संञ्चार पुस २२, २०७९ गते १७:११ मा प्रकाशित लन्डन। गैरआवासीय नेपाली संघ एनआरएनए युकेको सुनिलबाबु खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई एनआरएनए आइसीसीले अनुमोदन गरेको छ ।कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले एनआरएनए यूकेमा विशेष अधिवेशनमार्फत् आएको उक्त समितिलाई अनुमोदन गर्ने निर्णय गरेको जनाएको छ ।बेलायतको विवादसम्बन्धमा आइसीसी अध्यक्ष कुल आचार्यले प्रस्तुत गरेको पुनर्गठित कार्यसमितिसम्बन्धि सिफारिशलाई बैठकले अनुमोदन गरेको हो ।एनआरएनए यूके विवादबारे अध्ययन गरी समाधानका लागि सिफारिश गर्न आइसीसीले अध्यक्ष आचार्य र बेलायतस्थित अन्य पदाधिकारीलाई जिम्मेवारी दिएको थियो ।यसअघि संघको प्रतिष्ठामा आँच आउने गरी विधानविपरित गतिविधिमा संलग्न भएको भन्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरलाई आइसीसीले गत सेप्टेम्बर १३ मा पदमुक्त गरेको घोषणा गरेको थियो । त्यसको एक महिनापछि अक्टोबर १८ मा लन्डनमा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष मनोनित गरेको थियो ।आइसीसीबाट अनुमोदन भएसंगै सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितीले नै एनआरएनएको केन्द्रीय ‘एमआइएस सिस्टम’ मार्फत सदस्यता वितरण गर्न पाउने जनाएको छ ।जसअनुसार यही जनवरी ८ तारिखदेखि नै केन्द्रीय ‘एमआईएस सिस्टम’मार्फत सदस्यता आवेदन खुलाउने तयारी गरिएको एनआरएनए युकेले जनाएको छ । सोही दिन समितिले लन्डनमा एक नयाँ वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । धेरै विवादपछि अन्तत एनआरएनए आईसिसिले एनआरएनए युकेमा खड्का नेतृत्वलाई मान्यता दिएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न