गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए महासचिव केशव पौडेलद्वारा आईसिसी अध्यक्षमा उम्मेदवारी दिने घोषणा एनआरएनए महासचिव केशव पौडेलद्वारा आईसिसी अध्यक्षमा उम्मेदवारी दिने घोषणा दीप संञ्चार साउन १८, २०८० गते १९:०५ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिने बताएका छन ।हालै एनआरएनए क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरुबाट सुझाव आएकाले आफूले संस्थाको नेतृत्व गर्ने सोच बनाएको र छिट्टै एक कार्यक्रम गरेर उम्मेदवारी सार्वजनिक गर्ने बताए ।आफूले शुरुदेखि नै अघि सारेको नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भए पनि डा। पौडेलले नेपाली नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन । हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीयहरु बञ्चित भएको अवस्था छ ।विभिन्न ठूला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने पौडेलले बताए । संस्था ठूलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेण्डा बनाएका छन । यसका अलावा विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा मुखर भएर लाग्ने योजना पनि पौडेलले बताएका छन ।विभिन्न देशका राष्ट्रिय सम्मेलन सकिइसकेका बेला व्यवसायिक चिकित्सा पेसासँगै एनआरएनए अभियानमा महत्वपूर्ण समय दिएका पौडेलको नेतृत्व दौडलाई धेरै अगुवाले सकारात्मक हेरेका छन । अमेरिकामा कार्यरत पौडेललाई त्यहाँबाट ठूलो समर्थन मिलेको छ । यस बाहेक धेरै मतदाता भएका युरोपेली तथा अष्ट्रेलिया सँगै साना देशबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले पौडेल आशाावादी छन ।एनआरएनएको आगामी अधिवेशनको लागी उनीसँगै आरके शर्मा,महेश श्रेस्ठ,हालका अध्यक्ष बद्री केसी र रविना थापाले उम्मेदवारी दिने बताइसकेका छन ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा