गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए) को आगामी कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
युवालाई स्वदेशमा नै उद्यमशिल बन्न सिकाएर उदाहरणीय बनेका बासिदले एनआरएनए अभियानलाई निरन्तरता दिने उद्धेश्यका साथ युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
एनआरएनए आइसीसीको युवा संयोजक भएर जिम्मेवारी निभाइरहेका बासिदले आगामी कार्यकाल २०२३–२५ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिने भएपछि उनको चर्चा बिश्वभर बढेको छ । एनआरएनएभित्र युवाका लागि पद मात्र दिइयो तर काम गर्ने जिम्मेवारी नदिएको हुँदा अव जिम्मेवारीसहित काम गर्न एनआरएनए युवा उपाध्यक्षमा उम्मेदवारी दिएको बासिदले बताए ।
एनआरएनएभित्र युथका लागि पदहरु चै बाँडियो तर काम गर्ने जिम्मेवारी केही दिइएन, अव एनआरएनएभित्र युथका लागि काम गर्ने मेरो धोको पुरा गर्न युवा उपाध्यक्षमा उम्मेदवारी दिएको छु बासिदले भने । संघका विभिन्न पदमा रही काम गरेको र अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह , साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको बासिदको भनाई छ ।
बासिद भन्छन् –‘आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हु । आफ्नो यस अभियानमा साथ र समर्थन दिन बासिदले बिश्वभर रहेका गैर आवासीय नेपालीहरु र अभियन्ताहरुलाई आग्रह गरेका छन । उनले आफू यस अभियानमा केही लिन नभई दिन आएको जनाउदै आँफूसंग गैरआवासीय युवाहरुका लागी धेरै काम गर्ने योजनाहरु रहेको बताए । उनले आफ्नो योजना र पर्तिबद्दताहरु छिट्टै सार्वजनीक गर्ने जनाउदै आफु बोलिमा भन्दा काममा विश्वाश गर्ने मान्छे भएकाले काम गर्ने अवसर दिन सबै गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे ।
वर्तमान कार्यसमितिमा रहेर स्वदेश तथा विदेशमा रहेका युवाहरुको अवस्था बुझ्न पाएको हुँदा अव नतिजा निकाल्ने गरि काम गर्ने बासिदको प्रतिवद्धता रहेको छ । बासिद युवा संयोजक हुदा २०२१÷२३ कार्यकालमा एनआरएनएका सबै क्षेत्रीय सम्मेलन र युवा सम्मेलनमा बासिदले प्रत्यक्ष नै उपस्थिति जनाई गैरआवासीय नेपाली र युवाहरुको बारेमा जानकारी लिएका थिए । एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बासिदले बताए । एनआरएनएमा युवाको बृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपाल निर्माणमा एनआरएनएको सहभागिता बासिदका मुख्य मुद्दा रहेका छन । विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएका बासिद सफल व्यवसायी मात्र होइनन्, युवाहरुको मन मुटुमा बसेका अभियन्तासमेत हुन । एनआरएनएमा युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स स्वदेश भित्र्याएका बासिदले सयौं नेपालीलाई स्वदेशमै रोजगारी दिएका छन ।
पछिल्लो समय कर्मथलो कतार, युके र नेपालमा ब्यावसाय गरिरहेका बासिद विदेशमा रहेका हरेक नेपालीहरुको लगानी स्वदेशमा भित्र्याएर उद्यमशिल बन्न सबै गैर आवासीय नेपालीलाई आग्रह गर्छन । उनले समुहिक लगानी या ब्यक्तिगत लगानी ठुलो या सानो जुन लगानी भए पनि स्वदेशमा भित्र्याएर देशलाई समृद्दितर्फ लैजानुपर्ने बताए । बासिदले देश संपन्न नभएसम्म ब्यक्ति संपन्न भएर केही नहुने जनाउदै एनआरएनए अभियान भनेकै देशलाई समृद्दी बनाउने अभियान रहेको बताए ।
क्याटेगोरी : ग्लोबलट्याग : #NRNA