एनआरएनए आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपानेलाई पठाउने एनसिसि मलेसियाको सर्वसम्मत निर्णय,हालसम्म क-कस्ले कुन कुन पदमा दिए उम्मेदवारी ?

गैरआवासीय नेपाली संघको (एनआरएनए) आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजक (आरसी) मा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय एनआरएनए एनसीसी मलेसियाले सर्वसम्मतरुपमा निर्णय गरेको छ ।
आइतबार क्वालालम्पुरमा बसेको एनआरएनए मलेसियाको बैठकले केन्द्रीय उपाध्यक्षमा न्यौपाने र आरसीमा भट्टराईलाई उठाउने निर्णय गरेको हो ।
न्यौपाने हाल एनआरएनको सचिव छन भने भट्टराई एसिया प्यासीफिक उपसंयोजक रहेका छन । एनआरएनए मलेसियाले आइसीसीमा आफ्नो देशको प्रतिनिधित्व होस र आफ्ना मुद्धालाई बुलन्द बनाउनका लागि यस्तो निर्णय गरेको जनाएको छ ।
एनआरएनए मलेसियाका १ सय ६७ जना डेलिगेट्स रहेकोले एनआरएनएको नेतृत्वका सवालमा मलेसियाको महत्वपुर्ण भुमिका रहन्छ ।
‘आज बसेको बैठकले उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासीफिक संयोजकमा हरि भट्टराईलाई उठाउने निर्णय गरेको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बताए ।
एनआरएनए मलेसियाले आगामी कार्यकालका लागि थापाको नेतृत्वमा सहमतीमा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । वैदेशिक रोजगारको मुख्य गन्तब्य रहेको मलेसियालाई एनआरएनए बृतमा छुट्टै महत्वका साथ हेरिन्छ ।
एनआरएनए आईसिसिका सचिव न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सह–संयोजक भएर सँस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन ।
न्यौपानेले मध्यपुर्व, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौ नेपालीहरुको मुद्दा उठाउन, उनीहरुको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन ।
मलेसिया र नेपालका सफल ब्यावसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, बिकास हाईड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन ।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर १७ तारिखदेखि २० तारिखसम्म काठमाडौंमा महाधिबेशन तथा विश्वसम्मेलन हुँदैछ ।
एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । अन्य ४ उम्मेदवारले उम्मेदवारी सार्वजनिक गरिसकेका छन भने बर्तमान अध्यक्ष बद्री केसी भने आन्तरिक छलफलमा रहेका छन । हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन । युवाउपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन । यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन ।
सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल, कृष्णजिवी पन्त र महिला सचिवमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन । अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी रहेको छ ।
हाल विश्वमा रहेका गैरआवासीय नेपालीहरु निकै उत्साहका साथ उम्मेदवारी दिईरहेका छन । एघारौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको सरगर्मी भने ह्वात्तै बढेर गएको छ । गत हप्ता काठमाडौंमा भएको एनआरएन नेताहरूको जमघटले चुनावी राप बढेको प्रमाणीत गरेको छ । आगामी कार्यकालको नेतृत्वमा इच्छा देखाएका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन दौडधूप गरिरहेका छन ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस