गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा एनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा दीप संञ्चार भदौ २९, २०८० गते १७:११ मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका छन।१६ सेप्टेम्बरको दिन शर्मा क्यानडा पुग्ने तालिका रहेको छ ।क्यानडामा गैरआवासीय अभियन्ता,सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिसँग सल्लाह र सुझाव लिने तयारी शर्माको छ । क्यानडापछि शर्माले अमेरिकाको भ्रमण गर्ने छन् । शर्माले १६ तारिकादेखि १८ तारिकसम्म क्यानडामा बिताउने तयारी छ । त्यसपछि १८ तारिकदेखि २० तारिकसम्म अमेरिका गैरआवासीय अभियानलाई अगाडि बढाउन अभियन्ताहरूसँग राय सुझाव लिने योजना छ ।“अमेरिका क्षेत्रको भ्रमणबाट आउने सुझाव पछि काठमाडौंमा कार्यक्रम गरेर अध्यक्षको उम्मेदवारी दिने छु”शर्माले भने,“अध्यक्षको रूपमा आफूले २ वर्षे कार्यकालमा गर्ने कामको लागि विश्वमा रहेका सबै नेपालीको सुझाव लिएको छु”शर्माले सामाजिक कामलाई निरन्तरता दिने सहित आर्थिक मुद्दालाई अगाडि बढाउने योजना सहित अध्यक्षको उम्मेदवारीको तयारी गरेका छन् । श्रमिक र काम गर्ने वर्गको हितलाई प्राथमिकता दिएर विश्वभर बस्ने सबै नेपालीलाई अभियानमा जोड्ने तरिका सहितको योजना उम्मेदवारी घोषणा कार्यक्रममा ल्याउने तयारी शर्माको छ ।“एसिया,युरोप तथा ओसियाना क्षेत्रका गैरआवासीय अभियन्तासँग प्रत्यक्ष भेटेर अध्यक्षको रूपमा मैले गर्नुपर्ने कामको लागि सुझाव लिइसकेको छु”शर्माले भने,“अमेरिका क्षेत्रका अभियन्तासँग भेटेपछि अध्यक्षको रूपमा गर्नुपर्ने कामका लागि सबै क्षेत्रको सुझाव आउँछ । त्यो अनुसार म अगाडि बढ्छु।”शर्माले यसअघि युरोप,एसिया तथा ओसियाना क्षेत्रको भ्रमण गरिसकेका छन् । सो क्रममा शर्मालाई अभियन्ताहरुले अहिलेसम्म गैरआवासीय अभियानको नेतृत्व मध्यपूर्वले नपाएको भन्दै श्रमिकको एजेण्डा शर्माले लिएको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।एनआरएनएको विश्वसम्मेलन अक्टोबरको दोस्रो साता काठमाडौंमा हुने छ । जसले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा