गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए सचिव खगेन्द्र न्यौपानेले दिए उपाध्यक्ष पदमा उम्मेदवारी एनआरएनए सचिव खगेन्द्र न्यौपानेले दिए उपाध्यक्ष पदमा उम्मेदवारी दीप संञ्चार असोज १४, २०८० गते २०:४७ मा प्रकाशित मलेसियामा सफल व्यवसायीका रूपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान सचिव न्यौपानेले मध्यपुर्व र मलेसियाका एजेन्डाहरू एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाईको अनुरोधमा आफुले सन २०२३/२५ कार्यकालका लागि मध्यपुर्वको हव कतारबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले बताए । आरके शर्माको अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रममा उनीसँगै आफूले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको न्यौपानेले बताए ।एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्दालाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।गैरआवासीय नेपाली संघको अभियानमा आफूले सदैव सकारात्मक भूमिका खेल्दै आएको उनले बताए । एनआरएनए अभियानमा लाग्दै गर्दा यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकालको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’, उनले अगाडि भने, ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसाथ गर्दै उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको हुँ।’नेपालमा समेत विभिन्न क्षेत्रमा व्यवसाय गरेका न्यौपाने एनआरएनएभित्र लोकप्रिय मानिन्छन । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरू पुगिसकेका न्यौपाने हाल मध्यपुर्व भर्मणमा रहेका छन । उपाध्यक्षका उम्मेदवारहरूको सुचिमा अग्र स्थानमा रहेका न्यौपानेलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुले मन पराएका छन ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा