गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए निर्वाचन : आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीको समर्थन, कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा एनआरएनए निर्वाचन : आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीको समर्थन, कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा दीप संञ्चार असोज १५, २०८० गते १३:११ मा प्रकाशित गैर आवासीय नेपाली संघ(एनआरएनए)अध्यक्षका उम्मेदवार आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीले समर्थन गरेका छन्।एनआरएनएका वर्तमान उपाध्यक्ष आरके शर्माले अध्यक्षमा उमेदवारी दिएपछी मध्यपूर्वका उपाध्यक्षसमेत रहेका क्षेत्रीले शर्मालाई समर्थन गर्दै आँफुले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्।एनआरएनए अध्यक्षका लागी शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले श्रमिकको प्रमुख गन्तव्यस्थल रहेको मध्यपूर्वले अबको नेतृत्व पाउनुपर्नेमा जोड दिएका हुन्। उनले मध्यपूर्व अफ्रिका,इष्ट युरोपमा रहेका गैरआवासिय नेपालीहरुले एनआरएनएका लागि उपाध्यक्ष भन्दा माथि जान बनेकै होइनौ भन्ने सोचले गर्दा मध्यपूर्व सधैं पछि परेको बताए।कार्यक्रममा बोल्दै उपाध्यक्ष क्षेत्रीले आरके शर्माका लागि मात्र नभएर मध्यपूर्व, मलेशिया र तमाम विश्वभर छरिएर रहेका श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्दै एनआरएनए श्रमिकहरुको पनि संस्था हो भन्नका लागि आगामी नेतृत्व मध्यपूर्वकै हुनुपर्ने बताए। उनले भने,‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन्। यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ।’रेमिट्यान्सको ठूलो मात्रा ओगटेको मध्यपूर्वका श्रमिकहरु सधैं पछि परेको र मध्यपूर्वमा पनि सक्षम नेतृत्व छन् भन्नका मध्यपूर्व नेतृत्वमा आउनुपर्ने उनले बताए। उनले भने,‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन्।यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ, साथ दिन नसके सक्दिनँ भन्ने तर रावणले जस्तो छल गरेर तपाईसँग छु भनेर धोका दियो भने मध्यपूर्वका श्रमिकहरुले कहिल्यै पनि माफ गर्दैनन्।’कार्यक्रममा बोल्दै उनले अबको नेतृत्व मध्यपूर्व र सम्पुर्ण श्रमिकको एनआरएनए बनाउनको लागि सबै अग्रजहरुसँग बसेर आगामी नेतृत्व मध्यपूर्वको हुनुपर्छ भन्नेमा आफ्नोे कोसिस रहने समेत प्रतिबद्धता उनले जनाए।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा