एनआरएनए सहकोषाध्यक्षका उम्मेदवार मुक्तदाका ६ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)

गैरआवासीय नेपाली संघ(एनआरएनए)को सह–कोषाध्यक्ष पदका उमेदवार मोहम्मद मुक्तदाले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्। आसन्न ११ औं महाधिवेशनमा हुने निर्वाचनका लागी सह कोषाध्यक्ष पदमा उमेदवारी दिएका मुक्तदाले आफ्ना ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
आगामी अक्टोबर १७–२०सम्म काठमाडौमा हुन लागेको महाधिवेशनका लागी बिगत १४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील मुक्तदाले सामाजिक सञ्जालमार्फत एक अपिल तथा सुचना जारी गर्दै आफ्ना प्रतिबद्धता र हालसम्मका योगदान खुलाएका छन्।मुक्तदाले सार्वजनिक गरेको अपिल जस्ताको तस्तैः
गैरआवासीय नेपाली संघको सह–कोषाध्यक्ष पदमा मेरो उम्मेदवारीः
आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता ज्यूहरु, एघारौं महाधिवेशनका प्रतिनिधि ज्यूहरु तथा सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू सबैमा सादर नमस्कार अस्सलामोअलैकुम!
विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७–२० अक्टोबर २०२३ काठमाडौमा हुँदैछ। २००३ मा स्थापित संस्थाले दुई दसक पार गर्दै गर्दा हाल सम्म अनेकौं आरोह, अवरोह पार गर्दै गैरआवासीय नेपालीहरुका हकहितका लागि ठुलो सम्भावना र केहि उपलब्धी समेत हासिल गरेको छ।
संघको ११ औं महाधिवेशन हुन अब केही दिन मात्र बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो इच्छा जाहेर र दावी गर्ने क्रम पनि चलिरहेको छ।
म आफैं पनि बिगत १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु।
विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिबालय सदस्य, सल्लाहकार हुँदै २ कार्यकाल अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु।
संघप्रतिको मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन् २०२३–२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु।
सह–कोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा केही प्रतिवद्दता र प्रयासहरु निम्न बमोजिम रहने छन्स्
– सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ ।
– संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहनेछ ।
– आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु ।
-वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्नेछु। यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्नेछु ।
– विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल रहनेछ।
– “नेपालीका लागि नेपाली“ भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद!
मोहम्मद मुक्तदा मुसलमान
सह–कोषाध्यक्षको उम्मेदवार
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद
क्याटेगोरी : ग्लोबल
ट्याग : #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस