एनआरएनए उपाध्यक्ष प्रत्याशी खगेन्द्र न्यौपानेद्वारा कर्मभुमी मलेसियाबाट उम्मेदवारी

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसिसिको सचिव एबं आउदो ११औं महाधिवेशनमा एनआरएनए उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार खगेन्द्र न्यौपानेले आफ्नो कर्मभुमी मलेसियाबाट पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
मलेसियाका सफल ब्यावसायी , समाजसेवी,एनआरएनए मलेसियाका पुर्व अध्यक्ष रहेकै बेलादेखि मलेसियामा कार्यरत लाखौं नेपाली श्रमिकका निम्ति आर्थिक भौतिक सहयोग गर्दै योगदान दिदै एसिया प्यासिफिक क्षेत्रका उप(संयोजक त्यसपछि संयोजक हुँदै अहिलेका आईसिसि सचिव समेत रहेका खगेन्द्र न्यौपानेले आफ्ना एजेन्डासहित एनआरएनए आईसिसिको नजिकिदै गरेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
शनिबार एनआरएनए एनसिसि मलेसिया र मलेसियामा रहेका विभिन्न संघसंस्था , राजनीतिक सँस्थाहरु, व्यावसायिहरु, महाधिवेशन प्रतिनिधि डेलिगेट्स प्रतिनिधिहरु , पत्रकारहरुसंग एनआरएनए मलेसियाको आफ्नेै कार्यलयमा आयोजित एक भेटघाट तथा छलफल कार्यक्रममा न्यौपानेले आफु एनआरएनए उपाध्यक्ष पदमा निर्वाचित भएमा एनआरएनए एनसीसी मलेसियाले स्थापना गरेको सेल्टर हाउसलाई वैधानिकता बनाउन नेपाली राजदूतावाससंग समन्वय गरेर पहल गर्ने र मलेसियामा रहेको श्रमिक हरुको समस्याको लागि आफुले सक्ने सहयोग गर्ने बताए ।
त्यस्तै वैदेशिक रोजगारको बसाइँ सकिएर नेपाल फर्केका नेपालीहरुलाइ तिनीहरुको सिप अनुसार नेपालमा रोजगारको व्यवस्थापन गर्ने र कुनै आयोजना तथा प्रोजेक्टहरुमा लगानी गर्न एनआरएनएको तर्फबाट वातावरण मिलाउने साथै मलेसियामा एउटा श्रमिकमैत्री हस्पिटल बनाउने न्यौपानेको एजेन्डा रहेको र यी सबै एजेन्डा आफुले साथमै लिएर हिडिरहेको बताए ।
विभिन्न देशबाट उम्मेदवारी घोषणा गरेका उपाध्यक्षका उम्मेदवारहरुको सुचिमा हाल अग्रस्थानमा रहेका न्यौपानेलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुले मन पराएका अभियन्ताका रुपमा चिनिन्छन । कुराकानीको क्रममा उपाध्यक्ष प्रत्याशी उम्मेदवार न्यौपानेले आफु उपाध्यक्ष पदमा निर्वाचित भएपछी केन्द्रसँग समन्वय गरेर इन्स्योरेन्सको पोलिसी अनुसार नेपाली श्रमिकको भलाइको निम्ति हरदम तत्परताको साथ काम गर्ने बताए ।
गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८६ देशका ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदै मतदान गर्नेछन ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस