गृहपृष्ठ ∕ ग्लोबल ∕ युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी दीप संञ्चार असोज २९, २०८० गते ६:०० मा प्रकाशित पोर्चुगल – गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा सहभागी गराउन, संस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए ।एनआरएनएमा अबको आवश्यकता सबै अभियन्ताहरू एकै ठाउँमा रहेर देश विकासको लागी आ आफ्नो ठाउँबाट योगदान दिनु नै रहेको पोर्चुगल निवासी थापाले बताए । थापा पोर्चुगलका सफल व्यावसायी र समाजसेवी पनि हुन ।उनले हस्पिटालिटी क्षेत्र, कृषि क्षेत्र र कन्स्ट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै हाल थापा आईसीसी सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो व्यवसाय गरिरहेका छन ।उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए । थापाले आफु केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरूलाई साथ र समर्थनको लागी अनुरोध गरेका छन ।उनले आफु निर्वाचित भएमा सबै युरोपवासीहरुकाे सल्लाह सुझाव लिएर अगाडि बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए । थापाले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरे ।उनले समस्त युरोपवासी गैरआवासीय नेपालीहरुबाट अमुल्य सुझाब ,सल्लाहको आशा गर्दै आफु बिजय भएपछी पोर्चुगल लगायत युरोपको विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित रहने प्रण गरेका छन ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा