गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीद्धारा पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीद्धारा पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता दीप संञ्चार असोज २९, २०८० गते २०:५६ मा प्रकाशित गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादवप्रसाद ढुंगाना तथा सदस्य टिबी कार्कीलाई अधिकारीले उम्मेदवारीको मनोनयन बुझाएका हुन ।वर्तमान कार्यसमितिका आइसीसी उपाध्यक्ष पदमानै रहेका अधिकारीले आगामी कार्यकालमा निर्वाचित उपाध्यक्ष भएर काम गर्नका लागि पुनः सोही पदमा उम्मेदवारी दिएको बताए ।एनआरएनए अभियानले यस अबधीमा थुप्रै उपलब्धीहरू प्राप्त गरेपनि अझै धेरै कामहरू गर्न बॉंकी रहेकोमा संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव तथा शुभचिन्तक र अग्रजहरुको सल्लाहमा पुन उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताए ।एनआरएनए अभियानमा लाग्दै गर्दा आफ्नो जिम्मेवारी सफलताका साथ निभाइ रहेको हुँदा आफ्ना केही अधुरा कार्यहरुलाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा नै उम्मेदवारी दिएको अधिकारीको भनाई छ ।उनले भने –‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई पुनः आइसीसी उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ ।’ अधिकारीले एनआरएनको यो अभियानलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता जनाउँदै बिजयी गराउनका लागि अनुरोध गरेका छन् ।अष्ट्रेलिया, यूएई तथा नेपालमा व्यवसाय गरिरहेका अधिकारी सफल व्यवसायी हुन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न