गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण दीप संञ्चार असोज ३०, २०८० गते ७:३० मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा राजु रेग्मी (राज)ले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान युवा उपाध्यक्ष रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराएका हुन् । सो पदमा रेग्मीसहित १८ जनाको उम्मेदवारी दर्ता भएको छ ।जसबाट ६ जना उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माण आफ्नो प्रतिबद्धता भएको रेग्मीको भनाइ छ । ‘एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माणको मेरो प्रतिवद्धतामा यहाँको साथ, सहयोग र समर्थन छ भन्ने आशा लिएको छु’, उम्मेदवारी दर्तापछि रेग्मीले भने, ‘यहाँले मलाई मत दिएर विजय गराउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’रेग्मीले यसअघि नै ८ संकल्पसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । यसपटकको अधिवेशनमा रेग्मीलाई उपाध्यक्षका शसक्त उम्मेदवारका रुपमा लिइएको छ । कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको जिम्मेवारी पुरा गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले भनेका छन् । सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ मंगलबारदेखि काठमाडौँमा सुरु ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीको भनाइ छ । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिक अपील गर्दछु’, रेग्मीले भने ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न