मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका छन् : आरके शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेण्डा बोकेकै कारणले सद्भाव भने सबैको रहेको पष्ट पारे ।
‘मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका एजण्डा हुन्’, मंगलबार राति विश्वभरका मतदातासँग आयोजित परिचयात्मक जुम बैठकमा उनले भने, ‘म कुनै पनि राजनीतिक दलको समर्थनमा आएको होएन । म सक्रिय राजनीतिक कार्यकर्ता पनि होइन ।’
उनले एनआरएनएको हितका लागि आफूले विगतमा सबै राजनीतिक दलहरुसँग सहकार्य गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट गरे । उनले भने, ‘म गैरआवासीय नेपाली संघको कार्यकर्ता हो । गैरआवासीय नेपालीको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउँछु । यसका लागि सबैसँग स्वभाविक रुपमा सहकार्य हुन्छ र त्यो आवश्यक पनि छ ।’ उनले आफू आगामी कार्यकालका लागि निर्वाचित हुने विश्वास व्यक्त गर्दै विजय भइसकेपछि कसरी कार्यसम्पादन गर्ने भनेर फेरि सबैसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।
संस्थाको रुपान्तरण र एकता आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै शर्माले श्रमिकको समस्या समाधानदेखि एनआरएनएका चासोका सबै मुद्दाहरु सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । आफूले २४ महिनामा गर्ने २४ बाचा यसअघि नै सार्वजनिक गर्ने भन्दै त्यसमा मध्यपूर्वदेखि युरोप अमेरिकासम्मका सबै एनआरएनएको सरोकार र विषय समेटिएको उनको भनाइ छ ।
आरके शर्मा टीमका अभियन्ता र विश्वभरका एनआरएनए अभियन्ता तथा डेलिगेट्सबीच जुममार्फत छलफल कार्यक्रम सञ्चालनका क्रममा सहभागीहरुले आरकेको पक्षमा विश्वभर माहोल रहेको भन्दै जितको शुभकामना दिएका थिए । सो कार्यक्रममा अध्यक्षका उम्मेदवार आरके शर्मासहित उपाध्यक्षका उम्मेदवार राज रेग्मी, खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ, विजय मोक्तान, शशीकान्त पौडेल, अभिमानसिंह बस्नेत, युवा उपाध्यक्षका उम्मेदवार अब्दुल बासिद, उपमहासचिवका उम्मेदवार प्रवीन गुरुङ, सचिवका उम्मेदवार टंक गैरे, लोक दाहाल, मनोज गोर्खाली, रामसी पोखरेल, कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना, सहकोषाध्यक्षका उम्मेदवार कृष्ण तिमल्सिना, तिष्णा काफ्ले शर्मा महिला संयोजककी उम्मेदवार देवकी खत्री गुरुङलगातयतलाई परिचय गराइएको थियो । यस्तै सबै उम्मेदवारलाई विजयको शुभकामना पनि दिइएको थियो ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार खगेन्द्र न्यौपानेले आरकेले सार्वजनिक गरेको २४ महिनाका २४ बाचापत्रलाई समर्थन गर्दै त्यसको कार्यान्वयनमा आफू लाग्ने बताए । उनले खाडीको समस्या आफूले राम्ररी बुझेको भन्दै मलेसियादेखि विभिन्न स्थानमा सेल्टर हाउसको व्यवस्था गर्न पहल गर्ने बताए ।
यस्तै उपाध्यक्षकै अर्का उम्मेदवार रोविन्द्र श्रेष्ठले आफू काममा विश्वास गर्ने व्यक्ति भएको भन्दै एनआरएनएलाई एकताबद्ध बनाउने एजेण्डा पनि रहेको बताए । यस्तै उपाध्यक्षकै अर्का उम्मेदवार राजु रेग्मीले आफूसहित सबैलाई विजयी गराउन हुन अनुरोध गर्दै आफूहरु एनआरएनएलाई अझ सशक्त बनाउन प्रतिबद्ध रहेको बताए ।
यस्तै युवा उपाध्यक्षका उम्मेदवार अब्दुल बासिदले अब देशमा लगानी भित्र्याएर परिवर्तन ल्याउन तथा युवाहरुको स्टार्टअपहरुमा प्रोत्साहन गर्नेगरी नीति ल्याउन आफूले संघमा पहल गर्ने बताए ।
उपमहासचिव पदका उम्मेदवार प्रवीण गुरुङ, सचिव पदका लोक दाहाल, मनोज गोर्खालीलगायत सबैजसो उम्मेदवारहरुले आफ्नो टीमको माहोल दिनहुँ राम्रो गएको भन्दै यो पटक मध्यपूर्वको नेतृत्वमा एनआरएनएको टीम निर्माण सबैको साथ मिलिरहेको र थप सहयोग रहने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस