गृहपृष्ठ ∕ ग्लोबल ∕ आरके शर्माको पक्षमा श्रमिकहरू एकजुट, आन्तरिक सर्कुलर गरिए नमान्ने आरके शर्माको पक्षमा श्रमिकहरू एकजुट, आन्तरिक सर्कुलर गरिए नमान्ने दीप संञ्चार कात्तिक २, २०८० गते ६:३३ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्मालाई मध्यपूर्व र त्यसबाहिर विश्वभरका श्रमिक डेलिगेट्सहरुले समर्थन गरेका छन् । यस्तै कांग्रेस निकट जनसम्पर्क समितिका कतिपय अभियन्ताहरुले समेत शर्माकै पक्षमा तीव्र लबिङ गरिरहेका छन् ।पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै डेलिगेट्सहरुले तीव्र लबिङ गरिरहेका हुन् । शर्माको पक्षमा महाधिवेशनस्थल होटल सोल्टी क्षेत्रमा समेत चहलपहल र लबिङ भइरहेको देखिन्छ । जसका कारण आरकेको पक्षमा राम्रो महोल देखिएको छ ।श्रमिकको प्रतिनिधित्व गर्ने देश कतारको उम्मेदवार आरके शर्मा भएकाले यो निर्वाचनमा फरक खालको दृश्य देखिएको एनआरएनए अभियन्ताहरू बताउँछन् । ‘एक हिसाबले भन्ने हो भने एनआरएनएको चुनावमा संसारभरका श्रमिक वर्ग पार्टीभन्दा माथि उठेको देखिन्छ’ ती अभियन्ताले भने । अर्का अभियन्ताले राजनीतिक पार्टीले कसैको नाममा सर्कुलर जारी गरे पनि त्यो नमान्ने ठाउँमा श्रमिकहरू पुगेको बताए । यसबारे सर्कुलर गरिएमा त्यसलाई नमान्ने कतारसहितका कतिपय देशका राजनीतिक दलका शुभेच्छुक सङ्गठनले पार्टीलाई बताइसकेका छन् । उनीहरूले आरकेको टिम राजनीतिक, जातीय, क्षेत्रीय भेगीय सबै हिसाबले समावेशी टिम भएकाले उनलाई निर्वाचित गराउन लागिपर्ने बताएका छन् । शर्माले आफूलाई सबै राजनीतिक दलहरूको सहयोग रहेको बताएका छन् ।कांग्रेसबाट महेश श्रेष्ठ र एमालेबाट बद्री केसी उम्मेदवार भए पनि शर्मालाई एमाले र कांग्रेसभित्रकै ठुलो पंक्तिको साथ रहेको छ । जसको उदाहरण शर्माको टिममा रहेका राज रेग्मी, शशिकान्त पौडेल, प्रवीन गुरुङ, मनोज श्रेष्ठसहितका उम्मेदवार रहेको अभियन्ताहरूको भनाइ छ ।शर्मालाई माओवादी निकट भनिएपनि उनको टिममा कांग्रेस निकटका ६० प्रतिशत भन्दा बढी उम्मेदवार रहेको बताइएको छ ।उसो त कांग्रेसका उम्मेदवारहरु चारतिर बाँडिएका छन् । जसका कारण कांग्रेसलाई टाउको दुखाइको विषय बनेको अभियन्ताहरू बताउँछन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा