गृहपृष्ठ ∕ ग्लोबल ∕ माछापुच्छ्रे बैंक अब कतारमा पनि माछापुच्छ्रे बैंक अब कतारमा पनि कतारमा आजबाट माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत नेपाल सजिलै पैसा पठाउन सकिने शारदा भुजेल मंसीर १५, २०८० गते २:५७ मा प्रकाशित दोहा– माछापुच्छ्रे बैंक लिमिटेडले कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतार स्थित अल्फरदान एक्सचेन्ज संग सहकार्य गरी माछापुच्छ्रे बैंकको एमबिएल रेमिट (MBL REMIT) मार्फत नेपाल सजिलै पैसा पठाउन सकिने भएको छ।रेमिट्यान्स कारोबारको लागि अल्फरदान एक्सचेन्ज संग सहकार्य गरी कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत बिहीवार देखि नेपाल पैसा पठाउन सकिने माछापुच्छ्रे बैंकका मध्य पूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले बताएका छन।आज दोहामा रहेको माज्मा रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सापकोटाले स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकमा बिदेशमा कमाई गरेर स्वदेशमा ढुक्कसंग बचत गर्न सकिने बताए ।बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको र्बैंकले देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई २४ सै घण्टा सेवा सुबिधा दिदै आएको छ ।स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको र्बैंककाहालसम्म देशका ७ वटै प्रदेशमा १६५ शाखा,१२एक्सटेन्सन काउन्टर,१३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै