गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न तिलु शर्मा पौडेल असोज ४, २०८१ गते २२:३४ मा प्रकाशित दोहा – काठमाडौंको कोटेश्वरमा कार्यालय रहेको रेशनल ओभरसिज प्रा.लि.ले पैसा आफूले बुझेर जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गराइ कतार पठाएर अलपत्र परेका पीडितहरूका लागि एनआरएनए एनसीसी कतारले खाद्यान्न उपलब्ध गराएको छ ।कतारको मन्सुराको एक बिल्डिङमा बसिरहेका पाँच जना पीडित श्रमिकका लागि एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक कृष्ण पन्थीले केही दिनका लागि पुग्ने खाद्यान्न उपलब्ध गराएका हुन् ।पन्थीले बुधबार साँझ पीडितहरूलाई नै पसल लगेर आवश्यक सामग्री किन्न लगाएपछि पीडितहरूले खाद्यान्न पाएका हुन् । संचारकर्मी पीडितहरू भेट्न पुग्दा पन्थीसँगै पीडितहरू हर्षित मुद्रामा देखिए । पीडितमध्येका सिरहा बन्दीपुरका नीरज बस्नेत र झापाका विशाल कार्कीले ‘हाम्रो रुममा पत्रकार आइसकेपछि हामीलाई केही राम्रो हुन्छ भनेर कुरा गरेका थियौं, हामीलाई राम्रो हुँदै गयो’ भन्दै खुसी साटे ।‘हामीलाई दाल भात भए हुन्छ भनेका थियौं, तर पन्थी सरले चाहिने सामग्री किन्नु भनेपछि हामीले तरकारी पनि किनेका छौं’ भन्दै एनसीसी कतार, पन्थी र संचारकर्मीलाई समेत पीडितहरूले धन्यवाद दिए ।गत आइतबार दूतावास पुगेर रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्रबहादुर कार्कीविरुद्ध बस्नेतसहित झापाका कार्की, मेलुङ गाउँपालिका दोलखाका तारा बहादुर थापा, उदयपुरका सुनिल ठाकुर र गयानन्द चौधरीले लिखित उजुरी समेत दिसकेका छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)