गृहपृष्ठ ∕ आर्थिक ∕ महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान तिलु शर्मा पौडेल असोज १८, २०८१ गते २०:५४ मा प्रकाशित दोहा – कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रम मार्फत नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता पत्र प्राप्त गरेको छ ।तस्विर : तिलु शर्मामहासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघ द्वारा आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईलाई सम्मान पूर्वक सदस्यता पत्र हस्तान्तरण गरेका हुन ।महासंघको आठौँ कार्यकारिणी समितिको बैठकले संघलाई वैदेशिक सदस्यता प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।महासंघको लेखा शाखालाई बोधार्थ एवं संघका महानिर्देशक गोकर्ण राज अधिकारीको हस्ताक्षर रहेको पत्रमा वैदेशिक सदस्यको रूपमा महासंघमा स्वागत गरेको उल्लेख गर्दै भनिएको छ, ‘महासङ्घ एवं समग्र निजी क्षेत्रको श्रीवृद्धि र नेपालमा लगानी बढाउन त्यहाँ संस्थाको उच्च योगदान रहने विश्वास लिएको छु’ । पत्र ग्रहण पश्चात् बोल्दै चम्लागॉईले वाणिज्य महासङ्घ प्रति आभार व्यक्त गर्दै वैदेशिक लगानी नेपालमा भित्राउन आफू प्रतिबद्ध रहेको बताए ।कतारमा रहेका आम व्यवसायीहरूको हक हित र व्यवसायमा प्रवर्द्धन सहित समृद्ध नेपालको संवाहकको परिकल्पनाको पवित्र उद्देश्यका साथ १२ जनवरी २०१८ मा सङ्घ कतारको स्थापना गरिएको थियो । नेपाल व्यवसायी सङ्घ कतार ३१ जनवरी २०२० मा प्रथम र गत २६ जनवरी २०२४ मा दोस्रो अधिवेशन सम्पन्न गरी आफ्नो उद्देश्यहरूलाई सार्थकता दिन निरन्तर सक्रिय रहेको छ ।क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्ननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न