गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राज्यमन्त्री दुगड र यूएईका उर्जा तथा उद्योग मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानिको लागि आव्हान राज्यमन्त्री दुगड र यूएईका उर्जा तथा उद्योग मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानिको लागि आव्हान दीप संञ्चार फागुन ६, २०७६ गते २१:२० मा प्रकाशित सुर्य खवासयुएई – नेपाल सरकारका उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएकाे युएईकालागी नेपाली राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटघाटको अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुको चर्चा गर्दै दुई मुलुकहरुले जलविद्युत, नविकरणिय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो । माननीय राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत, उर्जा लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउदै युएई सरकार र निजि क्षेत्रलाई नेपालमा लगानीको लागि आव्हान गर्नुभएको थियो ।साथै राज्यमन्त्री दुगडले नेपालले राजनैतिक स्थायित्व प्राप्त गरे सँगै प्राथमिकताको क्षेत्रको रुपमा दिगो आर्थिक वृद्धि र विकास रहेको बताउनु भएको थियो भने युएईका उर्जा तथा उद्योग मन्त्रीले उर्जाको एक महत्वपूर्ण स्रोत जलविद्युत रहेको उल्लेख गर्दै नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेकोले त्यसमा लगानी भित्र्याउन ठोसरुपमा पहल गर्नुपने बताउनु भएको थियो । माननीय राज्यमन्त्री दुगड दुबईमा आयोजना हुनगैरहेको एक्सपो २०२० का प्रतिनिधिहरु सँग भेटघाट तथा उक्त एक्सपोमा निर्माणाधीन नेपाल पेभिलियनको निरिक्षणका लागि युएई आउनु भएको हो । उक्त भेटघाटमा युएईका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल लगायत दूतावासका उच्छ अधिकारिहरुको समेत सहभागिता रहेको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न