गृहपृष्ठ ∕ ग्लोबल ∕ रसियाका प्रधानमन्त्री कोरोनाबाट संक्रमित रसियाका प्रधानमन्त्री कोरोनाबाट संक्रमित एजेन्सी वैशाख १९, २०७७ गते १:५७ मा प्रकाशित एजेन्सी – रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् । त्यसअघि जोनसनबाहेक उच्च तहका नेताहरु संक्रमित भएका थिएनन् ।रुसमा योसहित संक्रमितहरुको संख्या १ लाखभन्दा बढी भएको छ ।जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइले कोरोना महामारी विरुद्धको अभियानमा राम्रो भूमिका खेलिरहेका छन् ।प्रधानमन्त्री मिखाइलले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँग निदानका उपायबारे भिडियो कन्फ्रेन्समार्फत सल्लाह लिनुभएको दृष्य रसियन टेलिभिजनले प्रसारण गरेको थियो ।राष्ट्रपति पुटिन र प्रधामनन्त्री मिखाइलबीच अबका केही दिन कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री आन्द्र बेलोसोभले लिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् । रसियामा बिहीबारसम्म १ हजार ७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । –बीबीसीक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा