गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना कहर : आमाले ढुङ्गा उमालेर बच्चालाई फकाइन् कोरोना कहर : आमाले ढुङ्गा उमालेर बच्चालाई फकाइन् एजेन्सी वैशाख १९, २०७७ गते ७:१९ मा प्रकाशित एजेन्सी – कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो ।आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको काम ठप्प भयो ।पेनिनाका लागि गरिबी र मुश्किल यति बढ्यो कि उनीसँग आफ्ना बच्चाका लागि खुवाउन केही पनि थिएन । त्यसकारण उनले आफ्नो बच्चालाई फकाउनका लागि ढुङ्गा उमाल्न सुरु गरिन् । पेनिनाले सोचिन् कि आमाले केही पकाएको देखेर बच्चाहरु कुर्दाकुर्दै निदाउनेछन् ।एक छिमेकी उनको बच्चाहरु रोएको सुनेर केही समस्या त छैन भनेर हेर्न पुगिन् । त्यहाँ उनले जे देखिन् त्यसको भिडियो बनाइन् र यसबारे मिडियालाई जानकारी दिइन् ।पेनिनाको कहानी सुनेर मानिसहरुले उनीहरुका लागि पैसा जम्मा गरिदिए । उनलाई केन्याभरीका मानिसहरुले फोन गर्न थाले । पेनिनाका एक छिमेकीले उनको बैंक अकाउन्ट खोलिदिए जसमार्फत् उनले पैसा पाइन् ।पेनिनाले भनिन्, ‘मैले कहिले पनि सोचेकी थिइनँ कि केन्याका मानिसहरु यति सहयोगी हुन्छन् ।’आफूमाथि सहयोग आउनुलाई उनी चमत्कारको संज्ञा दिन्छिन् । उनले भनिन्, ‘मेरा सन्तानलाई थाहा भयो कि मैले ढुङ्गा पकाएर उनीहरुलाई फकाउने कोसिस गरिरहेकी छु । तर मसँग अर्को कुनै विकल्प पनि थिएन ।’केन्यामा हालसम्म ३ सय ९५ संक्रमित भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।स्रोतः बीबीसीक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न