गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा कोरोना सङ्क्रमण र मृत्यु दर बढ्यो अमेरिकामा कोरोना सङ्क्रमण र मृत्यु दर बढ्यो दीप संञ्चार भदौ १९, २०७८ गते २०:२७ मा प्रकाशित एजेन्सी –संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ । यहाँको यस सम्बन्धी निकाय सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ । उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ ।जसमा पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्रमण देखिएको छ । यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ । यहाँ बुधबारसम्मको तथ्याङ्क हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्रमण देखिएको छ ।यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ । पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन् ।यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १।७ प्रतिशतले बढी हो । त्यसैगरी यो हप्ता यहाँका एक हजार ४७ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३।७ प्रतिशतले बढी हो ।यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको जनाइएको छ । अमेरिकी संस्था सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो तथ्याङ्क सार्वजनिक गरेको हो । सिन्ह्वाक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा