गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु अमेरिकाको ओहियो राज्यमा आगलागी हुदाँ एकै परिवारका पाँच नेपालीको मृत्यु दीप संञ्चार भदौ २९, २०७८ गते २१:४४ मा प्रकाशित काठमाडौँ –अमेरिकाको ओहियो राज्यको एक्रन सहरनजिकै भएको भीषण आगलागीमा परी नेपाली मूलुकका पाँच भुटानीहरुको ज्यान गुमेको छ। उनीहरुमध्ये अधिकांश सुब्बा थरका थिए।एक्रननजिकै उनीहरु बसेको घर जल्दा पाँच जनाको ज्यान गुम्नुका साथै चार जना घाइते भएका छन्।एक्रनका स्थानीय अग्निनियन्त्रकहरुले सोमबार राति करिब १ बजे लिन्डेन एभेन्युको घरमा आगलागी भएपछि नियन्त्रणमा लिन तदारुकता लिएको फक्स न्युजले जानकारी दिएको छ।अग्निनियन्त्रकहरु पुग्दा घर आगोको लपेटामा घेरिएको स्थानीयहरुले सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।घटनामा तीन बालबालिकासहित पाँचको ज्यान गुमेको हो।घटनामा नेपाली मूलका ६० वर्षीय पुरुष, ४८ वर्षीया महिला, ११ वर्षीय बालक तथा ५ र १६ वर्षका दुई बालिकाको ज्यान गुमेको हो। उनीहरु भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका हुन्।घटनामा बुवा गुमाएका याम सुब्बाले के भएको भन्ने पत्ता लाग्न नसकेको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्। उनी घटनाबारे जानकारी पाएर कोलम्बसबाट आएका थिए। उनका बुबा, सौतेनी आमा र तीन बालबालिका एक्रननजिकै रहेको उक्त घरमा बस्दै आएको उनले सुरक्षाकर्मीलाई जानकारी दिएका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा