गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप दीप संञ्चार माघ २३, २०७८ गते १२:५७ मा प्रकाशित एजेन्सी -युक्रेन मामिलालाई लिएर बढेको अमेरिका र रुसबीचको तनाब झनै चर्किएको छ । रसियाले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपछि सुरु भएको तनाव पछिल्ला दिनमा झनै चर्किएको हो ।युक्रेनी सेनाले रसिया समर्थित विद्रोहीलाई हमला गरेको नक्कली भिडियो तयार पारेर रसियाले युक्रेन अतिक्रमणको बहाना गरेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्बिरहरू बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् ।तर, रसियाली प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । अमेरिकाले रसियालाई उत्तेजित बनाएको उनले बताएका छन् ।रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन अमेरिकाले विवादलाई बहाना बनाएको आरोप लगाए ।रसियाले युक्रेनमाथि हमलाको योजना गरेको पश्चिमा देशहरुले अनुमान गरिरहेका छन् । रसियाले यसअघि नै युक्रेनको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । युक्रेनमा अतिक्रमणको आफ्नो योजना नभएको रसियाले बताउँदै आएको छ ।तनाव चर्किरहेका बेला अमेरिकाले पूर्वी युरोपमा आफ्ना सेना बढाएको छ । युक्रेनमाथि रसियाको सम्भावित हमलाको आशंकाबीच बाइडेनले अमेरिका, पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा