गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु अमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु दीप संञ्चार जेठ १, २०७९ गते ९:२८ मा प्रकाशित अमेरिकाको न्युयोर्कस्थित ‘बफेलो सुपरमार्केट’ मा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आक्रमणपछि किशोरले आत्मसमर्पण गरेका थिए ।समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरी अधिकारीहरूले भने कि १८ वर्षीय युवकले सैनिक जस्तै देखिने पोशाक र कवच लगाएका थिए । आक्रमणकारी किशोरले हेलमेट लगाएका थिए, जसमा फिक्स क्यामेरा थियो र आक्रमणको लाइभ स्ट्रिमिङ गरिरहेको थियो ।शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले किशोरले पसल बाहिर चार जनालाई गोली हानेको जानकारी दिए ।जोसेफले भने, ‘ पसलमा प्रवेश गरेपछि गार्डले किशोरलाई गोली हाने तर बुलेट प्रुफ ज्याकेट लगाएकाले त्यसको केही असर भएन ।’यसपछि बन्दुकधारी किशोरले गार्डको पनि हत्या गरेको आयुक्तले बताए ।आक्रमणमा परेका ११ जना काला र दुईजना गोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसलाई ‘जातीय उत्प्रेरित हिंसात्मक अतिवादी’ आक्रमणको रूपमा अनुसन्धान गरिरहेको छ । क्याटेगोरी : अमेरिकाट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा